• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, मङि्सर ३०, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

अनौठो शल्यक्रियाः बिग्रिएको थियो फोक्सो तर डाक्टरले स्तन प्रत्यारोपण गरेर ज्यान बचाएँ

विज्ञानले धेरै प्रगति गरेको छ तैपनि संसारमा धेरै चीजहरू छन्, जुन अझै पनि मानिसहरूको समझभन्दा बाहिर छन्। सामान्य जनता होस् वा डाक्टरहरू जहिले जे आवश्यकता पर्छन्, उनीहरूले त्यस्तै काम गर्छन् कि संसारभर यसको चर्चा हुन्छ।

यस्तै एउटा दुर्लभ घटनामा, डाक्टरहरूले उनको जीवन बचाउनको लागि फोक्सोमा गम्भीर संक्रमण भएको ३४ वर्षीय बिरामीको स्तन प्रत्यारोपण गरेका छन् । डाक्टरले किन यस्तो अनौठो शल्यक्रिया गरे त रु आउनुहोस जानौं ।

यो अनौठो शल्यक्रिया शिकागोको नर्थवेस्टर्न मेमोरियल अस्पतालमा भएको थियो । चिकित्सा विशेषज्ञहरुसँग एउटा मेसिन थियो, जसले भेन्टिलेटर प्रक्रिया मार्फत केहि दिनको लागि शरीरको कुनै पनि अंगको खाली ठाउँ भर्न सक्छ ताकी संक्रमण हटाउन सकियोस् । तर यो मामला फरक थियो।

डेवी बाउर नामक यस ३४ वर्षीय बिरामीको छातीबाट शल्यक्रिया गरेर फोक्सो हटाउन असम्भव थियो अर्थात् उनको फोक्सो प्रत्यारोपण गराउन तत्काल कुनै सम्भव देखिएन । यस्तो अवस्थामा उनको जीवन बचाउनको लागि शल्यक्रिया गर्ने डाक्टरहरूले यस्तो उपाय निकालेका छन्, जुन यसअघि कहिल्यै सुनिएको वा देखिएको थिएन ।

वास्तवमा यस शल्यक्रियाको क्रममा उनको पुरानो फोक्सोले काम गरिरहेको शरीरको भाग थियो। त्यो ठाउँ गम्भीर संक्रमणका कारण खाली गर्न सकिएन । त्यसैले डाक्टरहरूले त्यो खाली ठाउँ भर्न स्तन प्रत्यारोपण गर्नु परेको हो ।

यो दुर्लभ मेडिकल केसमा बाउरका प्रमुख थोरासिक सर्जन अंकित भरतले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘एउटा व्यक्तिको अवस्था हेर्दा हामीलाई थाहा हुन्छ कि उसको बिस्तारै मृत्यु भइरहेको छ, विशेष गरी यस्तो अवस्थामा प्रत्यारोपणको विकल्प छैन। यस्तो गरिदैन भने तिनीहरू प्रायः मर्छन्। यस्तो अवस्थामा हामीले आफूले पहिले कहिल्यै नगरेको काम गर्ने रणनीति बनाउनु पर्ने हुन्छ ।’

वास्तवमा बाउर २० वर्षको उमेरमा नै चेन स्मोकर बनिन्। उनले यसलाई छोड्न सकेनन् तर उनले यसको विकल्प अपनाउन भेप लिन सुरु गरिन । तर गत अप्रिलमा इन्फ्लुएन्जा लागेपछि डाक्टरहरूले उनको फोक्सो फेल भएको देखेका थिए। उनको फोक्सो पग्लन थालेको थियो । सेन्ट लुइस अस्पताल पुग्दा उनको सास गह्रिएको थियो । मेडिकल भाषा अनुसार उनी माध्यमिक संक्रमणबाट पीडित थिए। जुन कुनै एन्टिबायोटिकले निको हुन सकेको थिएन ।

यस्तो अवस्थामा उनको ज्यान बचाउन चिकित्सकहरूले उनलाई ‘एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन ऑक्सीजनेशन’ प्रणालीमा राखे। यो प्रणालीले उनको रगतको संरचनालाई सहज बनायो। उनको फोक्सोमा आंशिक राहत भयो। त्यसअघि उनको फोक्सो पूरै पिपले भरिएको चिकित्सकले बताएका छन् ।

‘जब हामीले सेन्ट लुइसमा डेवीको मेडिकल टोलीबाट कल पायौं, हामीले उहाँलाई मद्दत गर्न सक्छौं भन्ने सोच्यौं। तर पनि हामीलाई थाहा थियो कि उहाँ प्रत्यक्ष प्रत्यारोपण गरेर पनि बाँच्न सक्नुहुन्न,’ उनले भने ।

‘त्यसैले प्रत्यारोपण अघि हामीले संक्रमण हटाउनु पर्यो। उनको ज्यान जोगाउन दुवै फोक्सो निकाल्नु परेको थियो । तर त्यो ठाउँ खाली छोड्न सकिएन । यो हाम्रो लागि अज्ञात क्षेत्र थियो तर हाम्रो टोलीलाई थाहा थियो कि यदि हामी बिरामीलाई मद्दत गर्न सक्दैनौं भने अरू कसैले गर्न सक्दैन। यस्तो अवस्थामा हामीले त्यहाँ ब्रेस्ट इम्प्लान्ट राख्यौं,’

हाल यो अनौठो शल्यक्रियापछि बिरामीको अवस्थाबारे अस्पताल प्रशासनले जानकारी दिएको छैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?
Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

धेरै पढिएको

  • १.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


ताजा समाचार

  • १.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • २.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ३.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ४.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ५.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

  • ६.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv