• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, असार ०९, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गॉड्स’ हुने

काठमाडौं । अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा नोभेम्बर २७ देखि २९ सम्म दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’ को आयोजना हुने भएको छ ।

काठमाण्डौबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिङ रन र रेस डे समावेश गरिने मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले कार्यक्रममा दोलखा माउन्टेन बाइकिङका लागि अर्को गन्तव्य बन्ने तयारी भइरहेको बताए ।

 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभई नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रुपमा चिाउने बताए । उनले यो प्रतियोगिताले दालखालाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा थप परिचित बनाउने बताए ।

यस्तै, बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले दोलखाले सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक अनुभवहरूको पूर्ण प्याकेज प्रदान गरेको बताउँदै कार्यक्रमले दोलखालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बताए ।

कार्यक्रम आयोजक टोलीका प्रतिनिधि तथा स्थानीय समुदायका सदस्य सान्तु श्रेष्ठले गन्तव्य दोलखालाई ‘साहसिक गन्तव्य’का रूपमा घटनाक्रमको परिचय दिएर परिवर्तनको खोजीमा रहेको बताउँदै प्रतियोगितामा प्रतियोगितामा फ्रान्सका प्रख्यात माउन्टेन बाइकिङ लिजेन्ड किलियन ब्रोन पनि सहभागी रहने जानकारी दिए ।

प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समुह, दोस्रोमा खुला वर्ग , तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरि वर्गिकरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv