• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए कोषाध्यक्षमा आरके शर्माको एजेण्डालाई साथ दिदै ठाकुर ढुंगानाद्वारा उम्मेदवारी

कतार,गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि यूएईका ठाकुर ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
आरके शर्माको अध्यक्ष पदमा उम्मेदवारी घोषणा कार्यक्रममा कतार आएर ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । अध्यक्षका उम्मेदवार शर्माको २४ महिना २४ बाचामा समेटिएका प्रतिवद्धतामा आफ्ना एजेण्डा समेटिएको हुँदा शर्मालाई नै सहयोग गर्ने गरी कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको ढुंगानाले बताए ।


उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने–‘ अध्यक्षका उम्मेदवारले प्रस्तुत गर्नु भएका एजेण्डालाई अक्षरस कार्यान्वयन गर्न र संघको कोषलाई पारदर्शी बनाउन आफ्नो उम्मेदवारी रहने छ ।’
एनआरएनए अभियानमा विभिन्न पदमा काम गरेका ढुंगाना पर्यटन व्यवसायमा आवद्ध रहेर यूएईमा कर्म थलो बनाइरहेका छन ।
धादिङका ढुंगाना २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् । उनी परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा हरदम साथ दिदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छबी बनाएका उनी आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि गहिरो ज्ञान राख्छन ।

उनी २०१७–१९ र १९–२१ मा आईसिसि सदस्य रहेर काम गरेकोमा २०१७–१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत उनले नेतृत्व गरेका थिए । उक्त अभियानमा देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाई कमाएको र बहाहरूको उत्प्रेरणाले यो उम्मेदवारी दिएको ढुंगाना बताउँछन् ।

आईसिसिको अनुरोधमा २०२१–२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए । एनसीसी युएईको समस्या समाधान गर्न उनलाई अध्यक्ष बनाएर आईसिसिले पठाएका थिए । उनले सबै समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन सफल भएका थिए ।

उनलाई मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुःख वुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र चिनिन्छन् । युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भुमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन् ।

नेपालको आर्थिक उन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तरीका र गैर आवासीय नेपालीहरूको योगदान र भुमिका विषयमा स्पस्ट भिजन सहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीका विषयमा आफ्ना चिनजानका डेलिगेटहरूसामु यो सन्देशलाई पुराईदिन तथा यस निर्वाचनमा आफूलाई जिताउन उनले सबै सदस्यहरूलाई अनुरोध पत्रसमेत पठाएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv