• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, असार ०९, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

गठबन्धनबाटै बागी उम्मेदवार : होला त कारबाही ?

काठमाण्डौ – पोखरा र भरतपुर महानगरपालिकामा पनि सत्तारूढ गठबन्धन दलहरूबीच चुनावी तालमेल भएको छ । तालमेल अनुसार, पोखरा महानगरपालिकाको मेयर पद नेकपा एकीकृत समाजवादीले पाउनुपर्ने हो । तर, पोखरा महानगरको मेयर पदमा सत्तारूढ गठबन्धन दलभित्रैबाट तीन जना बागी उम्मेदबार उठेका छन् ।

तीनै जना बागी उम्मेदबार सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका हुन् । नेपाली कांग्रेसका ऋषि सापकोटाले मेयर पद दाबी गर्दै सोमबार बागी उम्मेदबारका रूपमा मनोनयन दर्ता गराएका हुन् । उनी कांग्रेस कास्कीका पूर्वकोषाध्यक्ष हुन् । उनी ०५४ सालदेखि ०६४ सालसम्म कांग्रेस कास्कीका कोषाध्यक्ष थिए ।

गठबन्धनका नाममा कार्यकर्तालाई अरू दलको चुनाव चिन्हमा मत हाल्न बाध्य पारेको भन्दै आफूले उम्मेदवारी दिएको सापकोटाले बताएका छन् । ‘केन्द्रबाट गठबन्धनको नाममा पार्टीप्रति प्रतिबद्ध कार्यकर्तालाई अन्य दलको चुनाव चिन्हमा मत हाल्न बाध्य पारिएकाले मैले उम्मेदवारी दिएको हुँ’, उनले भनेका छन् ।

नेपाली कांग्रेसकै अर्का नेता नन्दुप्रसाद तिवारीले पनि मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव थिए । यसअघि आइतबार नेपाली कांग्रेसबाटै विमलबहादुर कार्कीले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

सत्तारूढ दलहरूबीचको सहमतिअनुसार, पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । पोखरा महानगरमा उपमेयर पद भने नेपाली कांग्रेसले पाउने सहमति भएको थियो ।

यसैगरी भरतपुर महानगरपालिकाको मेयर पदमा पनि नेपाली कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेदबारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धनमा रहेका दलहरूबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो । उपमेयरमा भने कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

सोही अनुरूप भरतपुरमा गठबन्धनको तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी थिइन् । यसअघि पनि भरतपुरको मेयर रहेकी दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । तर, दाहालको विरुद्घमा गठबन्धनभित्रैबाट पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

चुनावी तालमेलको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताले छुट्टै उम्मेदवारी दर्ता गर्ने चेतावनी दिँदै आएका थिए । नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी हेटौँडा उपमहानगरपालिकाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले बागी उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धन तोडेर हेटौँडामा जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।

गठबन्धनबीच भएको सहमतिअनुसार, हेटौँडाको मेयर पद नेकपा एकीकृत समाजवादी र उपमेयर पद नेपाली कांग्रेसले पाउनुपर्ने थियो । सोही सहमतिअनुसार, हेटौँडा उपमहानगरमा सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयर र नेपाली कांग्रेसका राजेश बानियाँले उपमेयर उम्मेदवारी दर्ता गराइसकेका छन् । यसका अतिरिक्त ललितपुर र विराटनगरमा पनि बागी उम्मेदवारी परेको छ । उपमहानगरहरुमा बुटवल, हेटौडा, धनगढी, जनकपुरधाममा गठबन्धन दलबाटै बागी उम्मेदवारी परेको छ ।

सत्तारूढ गठबन्धन दलहरूले स्थानीय तहको निर्वाचनमा अन्य दलहरूसँग चुनावी तालमेलसमेत नगर्ने भद्र सहमति गरेका छन् । यसदेखिवाहेक गठबन्धनको निर्णय विपरीत भए नेता÷कार्यकर्तालाई कारबाही गर्ने चेतावनीसमेत दलहरूले दिएका छन् ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले समेत चुनावी तालमेलको विषयमा सत्ता गठबन्धनको निर्णय विपरीत गए कारबाही गरिने बताएका थिए । गृहमन्त्रीसमेत रहेका नेता खाँणले गत बुधबार रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्तारूढ दलबीच गठबन्धन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको बताएका थिए ।

उनले गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने चेतावनी पनि दिएका थिए । ‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ’, गृहमन्त्री खाँणले भनेका थिए, ‘पार्टीको निर्णय विपरीत जाने नेता÷कार्यकर्ताको गतिविधिलाई गम्भीर तरिकाले निरीक्षण गरिँदै छ । उनीहरूले कारबाहीको भागिदार बन्नुपर्नेछ ।’

यसका बाबजुद नेपाली कांग्रेसबाटै अधिकांश स्थानमा बागी उम्मेदबार उठेका छन् । यद्यपि, निर्वाचन आयोगले उम्मेदबारी फिर्ता लिने समय पनि छुट्याएको छ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

  • vrikuti tv
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv