• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

तालमेलको जिम्मा शीर्ष नेतालाई

काठमाण्डौ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुबीच तालमेलको खाका तयार पार्ने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको छ ।

पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले स्थानीय तहबाट आएका सुझावमा छलफल गर्दै ती सुझाव र प्रतिवेदन शीर्ष तहको बैठकमा पेश गर्ने निर्णय गरेको हो ।

‘बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई कसरी प्रभावकारी अघि बढाउने भन्ने विषयमा गम्भीर छलफल ग¥यो । अब सोमबार शीर्ष तहमा छलफल गरेर ठोस निश्कर्षमा पुग्नेछौ,’ सञ्चारमन्त्रीसमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भनेका छन् । अधिकांश स्थानीय तहबाट निर्वाचनमा तालमेलसम्बन्धी प्रतिवेदन आएको जानकारी पनि उनले दिए । यसअघि बसेको समितिको बैठकले स्थानीय तहमा तालमेलको विषयलाई लिएर प्रतिवेदन बुझाउन चैत २६ गतेसम्मको समयसीता तोकेको थियो ।

सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाएको थियो । समितिको सदस्यमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी रहेका छन् ।

  • vrikuti tv
  • vrikutionlinetv
  • चुनावी संयन्त्र
  • नेपाली कांग्रेस
  • सत्तारुढ गठबन्धन
  • स्थानीय तह निर्वाचन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv