• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार ०७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

पहाड, उन्यू र म

कविता
_____________
-धनकुटे कान्छा
________________
जिन्दगी उन्यूको बोटजस्तो
दिउलहरू बोकेर हरियो खोपडीभरि
उम्रिरहेछन् फूलहरूको बगैँचाभन्दा पर
सोत्तर सोहाेर्नेहरूको डढेल्नाभरि
र, म उन्यू फुल्छ भनेर
फूलबारीभरि उन्यूका दिउलहरू छरिरहेछु ।

जिन्दगी बगैँचामा फुलेको फूल हुनुहुन्न रहेछ
जो आफ्ना लागि थोरै र अरूका लागि ज्यादा फुल्छ
जो आफ्नै सौन्दर्यले आफैँ बाँच्न भुल्छ
र, मन्दिरमा चढाउनेहरूसँगै बलि चढ्छ ।

म, उन्यूलाई औधी माया गर्न थालेको छु
ऊ फुल्नुभन्दा नफुलेकै राम्रो लाग्न थालेको छ ।

म पहाडको बास्ना आँखामा सुँघेर सोच्छु
हिमाललाई दैलोमा उभ्याएर सुन्छु
झरनालाई मनमा झङ्झङाएर हेर्छु
यी बतासहरूले चराहरूको गीत बोकेको पहाड
आज मेरो उन्यूघारीको बाटो भएर
लेकसम्म ऐंसेलु टिप्दै–दिप्दै गयो
र, गोठ सार्दै गरेको गोठालाहरूसँगै
सुसेल्दै–सुसेल्दै आयो
कि, म आज सहरमा बसेर पहाड नियालिरहेछु ।

टाढा भएर सम्झँदा–
सम्झँना नै पहाड हुँदोरहेछ
बसाइँ सरेको मन बोकेर
मुग्लान लाग्नेहरूको सपनाजस्तो
म बिरानो सहरबाट
पहाडलाई चिठ्ठी पठाउँदै छु
म मुटु राखेर अक्षरहरूमा
पहाडलाई माया पठाउँदै छु ।

कसरी पोत्न सकेको होला
यो चित्रकारका आँखाहरूले
उन्यूका दिउलहरूमा मान्छेका मनहरु
र, कसरी रंग्याउन सकेको होला
यो चित्रकारका पाइतालाहरूले
पहाडका टाउकामा मान्छेका मुटुहरु
म मेरो भित्ताको चित्र हेरेर भित्तो भएको छु
कि, म उन्यू भएर उम्रिन सकिँन
यो धेरै घरको सहरमा
कि, म पहाड भएर उभिन सकिँन
यो गजुरै–गजुरको सहरमा ।

सत्य ! रिकुटे नसम्झिदिनुहोला
म, पहाड फर्किदा
एउटा कविको भरिया भएर फर्कदैछु ।

  • #कविता #धनकुटे कान्छा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना
चियाको पहिलो टिपाइ सुरु
राजमार्गमा माछा फालेर किसानले गरे प्रदर्शन

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv