काठमाडौ ,नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। दुईबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेर उनी सिधै खुमलटार पुगेका थिए। कांग्रेस नेता विमलेन्द्र निधिलाई भेटेर फर्किए लगत्तै निधिले राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने सहमति भएको दाबी गरेका छन्।
सरकारमा सहभागी हुने आश्वासन दिएका राउत बिहीबारै खुमलटार पुगेर प्रचण्डलाई बधाइ दिएका थिए। प्रचण्ड र राउतले सत्ता समीकरणकै सबालमा छलफल गरेको बताइएको छ।केही दिनअघि रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित जेल पुगेका प्रचण्डले राउतसँग पनि यही विषय केन्द्रित छलफल गरेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री देउवालाई भेटेर फर्किएका सिके राउत प्रचण्ड निवासमा,यस्तो छ गोप्य छलफल
प्रधानमन्त्री देउवालाई भेटेर फर्किएका सिके राउत प्रचण्ड निवासमा,यस्तो छ गोप्य छलफल

तपाईको प्रतिक्रिया