• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

भिजन लिएर एनआरएनएको नेतृत्वलाई अगाडि बढेको छुः अध्यक्ष प्रत्यासी आरके शर्मा

माल्टा,गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आरके)शर्माले सच्चा भिजनमा हिडेकाले यसपाली नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरेका छन ।
एनआरएनएलाई सहि दिशा र गति दिनको लागि सहि भिजन बोकेर हिंडेको भन्दै यसपाली आफुलाई नेतृत्वमा प्रतिनिधिले चुन्नेमा ढुक्क भएको बताएका हुन । उनी एनआरएनएका वर्तमान उपाध्यक्ष हुन ।

‘पैसा, प्रभावले चुनाव जित्छु भनेर कसैले नसोचे हुन्छ’, माल्टाको एमसिदामा बुधवार साँझ आयोजित छ़लफलमा कार्यक्रममा उनले भने, ‘एनआरएनए पवित्र संस्था हो, संस्थालाई विवाद होइन एकताबद्ध बनाउन सच्चा भिजन लिएर चुनावी मैदानमा आएको छु, चुन्नु होला भन्ने अनुरोध छ ।’

शर्माले नेपालीको संख्या धेरै भएका देशमा ६ महिनाभित्रै नेपाली दूताबास स्थापना गर्न सक्दो सहयोग गर्ने बताए । पोर्तुगल, माल्टा लगायतकादेशमा ६ महिनासम्म नेपाली दूताबास खोल्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले देश छाड्ने रहर कसैलाई नहुने भन्दै चिन्ता लिएर विदेशीएका नेपालीहरुले समृद्ध नेपाल देख्न चाहेको बताए। सामुहिक लगानी प्राधिकरण बनाएर देश विकासमा सहयोग गर्ने योजना कार्यान्वयन गर्ने बताए ।

‘अब आर्थिक क्रान्ति गर्न जरुरी छ, पठाएको रेमिट्यान्स, राष्ट्रिय गौरवका योजनाहरु बनाउन तालमेल गर्न ढिलो भएको छ’ शर्माले भने, ‘हामी लाग्यौँ भने वर्षको १३ खर्ब रेमिट्यान्स पठाउँदै गर्दा १० वर्षमा हामीले १० प्रतिशत सामुहिक लगानी गरेमा पनि १३ खर्ब पुँजी सृजना हुन् सक्छ, त्यसमा हजारौ रोजगारी सृजना हुन्छ ।’


एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले एनसीसी र आइसीसीबीचको सम्बन्ध सुधार गरेर रोजगारीका लागि विदेशिएका सबै नेपालीको साझा संस्था बन्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा एनआरएनए युरोपका उप संयोजक चित्र सुवेदीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए माल्टाका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो ।

अध्यक्षका प्रत्याशी शर्मा शनिवार चेक रिपब्लिक, आइतबार डेनमार्क, सोमवार विहान जर्मनी हुदै साँझ पोर्तुगलका प्रतिनिधि(डेलिगेट्स)संग छलफलमा सहभागि भएका थिए । मंगलवार साँझ स्पेन हुदै माल्टा पुगेका हुन् । शर्माले कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv