• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सरुवामा मन्त्रीको सचिवालयबाट चलखेल

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाई गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ ।

सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ । मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गर्ने क्रममा मन्त्रीको सचिवालयका केही कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् ।

मन्त्री देवीले आफ्नो सचिवालयमा खराब प्रवृत्तिका व्यक्तिलाई घुसाएको भन्दै उनको समेत आलोचना भएको छ । केही दिनअघि मात्रै मन्त्री देवी आफू निकटस्थसँग पार्टीका लागि पैसाको जोहो कसरी गर्न सकिन्छ भनेर छलफल गरेको समेत स्रोतको दाबी छ ।

मन्त्री देवी जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हुन् । देवी आफैंमा कम विवादास्पद छविका व्यक्ति भए पनि पार्टीलाई आवश्यक खर्चको जोहो गर्नुपर्ने बाध्यता उनलाई छ । पार्टी नेतृत्वले पनि ‘मिलाएर गर्नु’ भन्दै उनलाई दबाब दिने गरेको निकटस्थले बताएका छन् ।

यसको उदाहरण बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्ने क्रममा देखिन्छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनमा अतिरिक्त समूहमा रहेका महेश कुमार मिश्रलाई असोज १४ गते पचरौता नगरपालिकामा सरुवा गर्‍यो । त्यसको ठिक ५ दिन पछि पुनस् संघीय मामिला तथा सामान्य प्रशासनमा अतिरिक्त समूहमा सरुवा गर्‍यो ।

मन्त्रालयले किन ५ दिन पनि टिक्न नसक्ने यस्ता गम्भीर निर्णय गर्‍यो भनेर मन्त्रालयका कर्मचारीसँग जानकारी लिने क्रममा एक कर्मचारीले भने मन्त्रीज्यु मधेस प्रदेशका भएका कारण मन्त्री आफैंले यसको निर्णय गर्ने गर्नु भएको हो । सो सरुवामा समेत मन्त्री निकटले राम्रै आर्थिक संकलन गर्नेगरी योजना बनाइरहेको बताइएको छ ।

पचरौता नगरपालिकामा एमालेका जलन्धर सिंह जैसवार निर्वाचित छन् । उनी जनता समाजवादी पार्टी, नेपाल, जसपाको गडमा विजेता भएकै कारण जसपाले निरन्तर उनको बिरोध गर्ने देखि पैसा र शक्तिका कारण नगरको विकास रोक्न यस्ता गतिविधि पहिलाबाटनै गर्ने गरेको नगर प्रमुख जलन्धर सिंह जैसवारको भनाइ रहेको छ ।

उनले भने, ‘मन्त्रालयबाट साउन १८ मा प्रमुख प्रशासकीय अधिकृत महेस कुमार मिश्रको सरुवाको पत्र आयो तर विकल्पमा अर्को प्रमुख प्रशासकीय अधिकृतको नाम आएन । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखियो । पुनस् असोज १४ गते उनको पचरौता नगरपालिकामै सरुवा भएको पत्र प्राप्त भयो र हिजो फेरि पुन: सरुवाको पत्र प्राप्त भयो ।’

मेयर जैसवारले भने, ‘५ दिन पनि टिक्न नसक्ने निर्णय गर्ने मन्त्री र मन्त्रालयको कार्य देख्दा ताजुब लाग्छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश
रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv