• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार ११, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

हेग पुगे डा.केसी,प्रचण्डबारे हेगमा उठ्यो गम्भीर सवाल जवाफ

१४ पौष, नेदरल्यान्ड, वरिष्ठ राजनीतिक विष्लेषक  प्रा. डा.सुरेन्द्र केसीले  नेदरल्यान्डको हेगमा आयोजना गरिएको “वर्तमान नेपाल र  नेपाली राजनीतिक परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रमलाई आज विशेष सम्बोधन गरेका छन्। डेनमार्कको कार्यक्रमलाई सम्बोधन गरेर  नर्वे पुगेक उनी डिसेम्बर २७ तारिख नेदरल्यान्ड को हेग  पुगेका थिए ।डिसेम्बर २९ अर्थात आज डा. केसीले हेगमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गरेका छन् । पछिल्लो समय नेपालको राजनीतिमा आएको उतारचढाव र प्रचण्डको सत्तारोहण कसरी संभव भयो ? प्रचण्ड बाबुराम र जनयुद्धकालिन माओबादी नेतृत्वबारे नेपाली जनताहरुले कस्तो धारणा राखिरहेका छन् ?  भन्ने बारे त्यहाँ सबै भन्दा धेरै जिज्ञासा उठेको बताइएको छ । हेगमा अवस्थित `अन्तरास्ट्रिय अपराध अदालत´( international criminal court) नजिकै भएको उक्त कार्यक्रममा स्थानीय सञ्चारमाध्यम , अन्तराष्ट्रिय कानुन ब्यवसायी र  प्राध्यापकहरु समेत सहभागी भएको बताइएको छ।
कार्यक्रममा सहभागी स्थानीय सञ्चारमाध्यमका प्रतिनिधिहरुले न्याय ,शान्तिप्रक्रिया र लोकतान्त्रको अवस्थाबारे जिज्ञासा राखेका छन् भने  युद्धअपराधका मुद्दाहरुलाई नेपाल सरकारले किन  अन्तराष्ट्रियकरणमा जोड नदिएर दबाउन खोजिरहेको छ ? भन्ने जिज्ञासाहरु समेत  राखेको जनाइएको छ । युद्ध अपराधलाई लिएर बाबुराम,प्रचण्ड लक्षित  प्रश्नहरुको  जवाफमा डा.केसीले  नेपाल लोकतान्त्रमा विस्वास गर्ने मुलुक भए पनि  गैरकानुनी र अलोकतान्त्रिक कार्य रोक्न  र दण्डित गर्न चुकेको स्विकार गर्दै  तथापि नेपाल यस्ता मामलाहरुमा सचेत र सक्षम रहेको  र शान्ति प्रक्रिया पनि चाडैं टुंगोमा पुग्ने कुरामा नेपालीहरु आसावादी रहेको भनाइ व्यक्त गरेका थिए।
डा केसी युरोपमा रहेका नेपालीको अवस्था तथा त्यहाँको शैक्षिक र राजनीतिक अवस्थितिको अध्ययनका निम्ति एकमहिने कार्यतालिका लिएर श्रीमती सहित युरोप भ्रमणमा रहेका छन् । डेनमार्क ,नर्वे ,स्विडेन ,लक्जम्बर्ग ,बेल्जियम ,जर्मनी र पोल्यान्ड लगायतका देशको भ्रमण सकेर केसी  जनवरी ८ तारिख स्वदेश फर्किने कार्यतालिका रहेको  बताइएको छ।

  • #डा.सुरेन्द्र केसी #प्रचण्ड #बाबुराम # हेग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv