• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कृषि मन्त्रीको गुनासो कृषिमा आधुनिकीकरणका नाममा गुणस्तरहिन प्रविधि किन ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी कृषि मन्त्री भएको नौ महिना वितिसकेको छ । यो अवधिमा कृषि मन्त्रीले आफूले नीतिगत तहमा सुधार्नु पर्ने कुरालाई भुसक्कै विर्षिएर गुनासो बाहेक केही पनि गर्न सकिरहेका छैनन् । कृषि क्षेत्रमा भएको विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि कानून निर्माण गर्ने र त्यसलाई कार्यान्वय गराउन काम समेत मन्त्रीले गर्न सक्छन् । तर उनले गरेका कामहरु हातका औलामा पनि गन्न पुग्ने छैनन ।

भाग्यले मन्त्री बनेका हुन् कि क्याहो यी कांग्रेसी मन्त्रीको हरेक कार्यक्रममा गुनासो सुन्न पाईन्छ । शनिबार पनि होटल हिमालय नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं साधारणसभाका उनले गुनासै गर्न भ्याए ।

गाउँमा हलो विस्थापित भयो, गोरु विस्थापित भए । गोठाला देखिनै छाडे । खेती गर्नका लागि आधुनिक खनजोतका सामग्री प्रयोग गर्न थाल्यौ । मन्त्रालयले कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउन र लागत मूल्य घटाउनका लागि कृषि यन्त्र उपकरणको प्रयोग किसानसम्म पु¥याउनका लागि अनुदान दिएको छ । तर अनुदान सदुपयोग भयो कि भएन भन्ने भन्दा पनि मन्त्री हुनुभन्दा अगाडि आफै अनुदानको ट्रयाक्टरबाट पीडित भएको खुलासा गरेका छन ।

मन्त्री अधिकारीले भने, ‘मैले ५० हजारमा हाते ट्रयाक्टर किने, ६ महिनामा नै विगिएको पहिलो पटक बनाउँदा १२ हजार लाग्यो त्यसपछि फेरि विग्रियो पुन बनाउँदा अर्को १० हजार जति लाग्यो ।’ मन्त्रीले थप गुनासो पोखे, ‘एक वर्षमा मैले ७२ हजार पावर टिलरका लागि खर्च गरे । अव नसकिने भो भनेर बेच्न खोज्दा १० हजार मात्र पाएँ’ ।

यस्तो लगानीले न त किसानलाई फाइदा पुग्छ न त लागत मूल्य नै घट्छ । त्यसैले मेशिन विदेशबाट ल्याएर बेच्ने भन्दा पनि यही नै बनाएर विक्री गर्ने र किसानहरुलाई सहज हुने गरी मर्मत केन्द्रको स्थापना गर्न समेत कृषि मेशिनरी व्यवसायीहरुलाई आग्र पनि गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv