• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, कार्तिक २५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

टि२० विश्वकप छनोट : मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

घरेलु मैदानमा जारी आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा पाहुना टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । जितसँगै नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

मलेसियाले दिएको १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा कुशल मल्लले अर्धशतकिय पारी खेले । उनले ३४ बलमा २ चौका र ७ छक्काको मद्धतमा ६५ रनको योगदान गरे । राम्रो सुरुवात दिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । भुर्तेल २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा क्याच आउट भए । शेखले ३२ रनको योगदान गरे ।

कप्तान रोहित पौडेलले २ रन, सन्दीप जोराले १८ रन र विवेक यादवले २ रन बनाए ।

मलेसियाका लागि मोहम्मद अमिरले तिन विकेट लिँदा पवनदीप सिंहले एक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर सानदार ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

मलेसियाका लागि ओपनरद्वय सैयद अजिज र जुबैदी जुल्किफ्लेले पहिलो ओभरका लागि ५८ रनको आक्रामक अर्धशतकिय साझेदारी गरे । अजिजले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६८ रनको योगदान गरेका छन् । जुल्किफ्लेले २४ रन जोडे ।

कप्तान फयाज अहमदले ३ रन, विरनदीप सिंहले ४ रन, शर्विन मुनिन्दीले १३ रन, ऐनूल हाफिजले ३ रन, मोहम्मद अमिरले ८ रन, विजय उन्नीले १३ रन, स्याजरुल इद्रुसले ७ रन, फित्री शामले ६ रनको योगदान गरे ।

नेपालका लागि अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एकरएक विकेट लिए ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । यस प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

धेरै पढिएको

  • १.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

ताजा समाचार

  • १.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

  • २.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • ३.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ४.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ५.

  • ६.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv