• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

भूकम्पबाट मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने सरकारको निर्णय

नेपाल सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले राहत र पुनःस्थापनाका लागि छिमेकी एवं मित्रराष्ट्रबाट औपचारिक प्रस्तावमार्फत प्राप्त हुने सहयोग स्वीकार गरी धन्यवाद दिने निर्णय भएको जानकारी दिइन् ।

बैठकले भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले राहत दिने र सरकारी अस्पतालमा सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

प्रभावित क्षेत्रमा हालका लागि अस्थायी आवासका लागि टहरा निर्माण गर्ने निर्णय बैठकले गरेको छ । खोज, उद्धार र राहतमा खटिने राष्ट्रसेवकलाई खाजा खर्च दिने निर्णयसमेत गरिएको छ । साथै बैठकले विपद्को यस घडीमा धैर्यधारण गर्न सबैमा आग्रह समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv