• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

अन्तर्राष्ट्रिय युवा दिवस : योजना कार्यान्वयनमा समस्या

नेपाललगायत विश्वमा अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

नेपालमा पनि यो वर्ष ‘खाद्य प्रणालीमा रुपान्तरण स् मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

सरोकारवालाले बर्सेनि यो दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको पाइन्छ ।

यसैगरी देशमा कुल जनसङ्ख्याका ४०.३ प्रतिशत रहेको युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितताको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले सरकारले पहिलो पटक युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको हो ।

प्रदेश, जिल्ला र पालिकामा पनि युवाका लागि विभिन्न संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याए पनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न नसकिएको बताउनुभयो ।

उहाँले युवा क्षेत्रमा धेरै नीति र संरचना बनेपनि उनीहरुको क्षमता अभिवृद्धिका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न अझै नसकेको बताउनुभयो । ‘युवा क्षमताको प्रभावकारी उपयोग गर्न जरुरी छु, उहाँले भन्नुभयो, ‘सरकारले युवाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन नसक्दा उनीहरुको क्षमताको प्रभावकारी उपयोग हुन सकेको छैन् ।’

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ ले युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले नेपाली युवामा क्षमता भए पनि सरकारले उनीहरुको क्षमतालाई प्रस्फुटन गराउन नसक्दा धेरै नै क्षति बेहोर्नु परेको बताउनुभयो । दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले बनेका नीति र कार्यक्रमको प्रभावकारी कार्यन्वयन नहुँदा युवा पलायन बढेको बताउनुभयो । उहाँले मौलिक हकको रुपमा रहेको स्वास्थ्य, शिक्षा र रोजगारीलाई कार्यान्वयन गराइ युवाका मुद्दा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

‘युवाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता पनि युवाका मुद्दा कार्यन्वयन गराउन तर्फ लागेको देखिएनु उहाँले भन्नुभयो, ‘युवाका क्षेत्रमा काम गर्ने राज्यका संरचनाले पनि युवाका मुद्दालाई सम्बोधन गर्न गम्भीर ढङ्गले काम गरेनन् ।’

राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले युवाका मुद्दा समेतका लागि धेरै नीति, कानुन बने पनि कार्यान्वयनमा समस्या भएको बताउनुभयो । सरकारले युवा लक्षित कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

एकद्वार प्रणाली अभाव

परिषद्का उपाध्यक्ष ढुङ्गेलले अहिले युवाका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय अभाव हुँदा पनि युवाका कार्यक्रम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विभिन्न ११ मन्त्रालय र १८ विभागले युवाका क्षेत्रमा काम गरे पनि प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।

उहाँका अनुसार सरकारी तवरबाट सङ्घ, प्रदेश र पालिका गरी करिब दुई खर्ब रुपैयाँको बजेट विनियोजन हुने गरेको छ । उहाँले राजनीति, नेताको रोजाइ पनि युवा तथा खेलकुद मन्त्रालयप्रति नपर्ने भएकाले युवाका मुद्दामा सरकारको चासो कम भएको भन्ने बुझ्न सकिने बताउनुभयो ।

युवाका क्षेत्रमा उल्लेखनीय काम गरिएको भन्दै परिषद्लाई संयुक्त राष्ट्र सङ्घले सन् २०१९ मा ‘फ्युचर पोलिसी अवार्ड’ प्रदान गरेको थियो ।

सन् २०१० मा नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५ औँ स्थानमा भएकोमा अहिले ६८ देशलाई उछिनेर ७७ औं स्थानमा आउन सफल भएको छ । सार्क देशमा चौथो स्थानमा रहेको छ । यस्तै नेपाललाई सन् २०२५ सम्म विकासशील राष्ट्रमा पुर्‍याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित १० वर्षे रणनीतिक योजना’ ल्याइएको छ ।

सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ सालमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्यायो तर त्यस कार्यविधि पूर्णरूपमा लागू नहुँदा हजारौँ युवा बैंकबाट सहजै कर्जा पाउन नसक्दा स्वरोजगार बन्न सकेका छैनन् ।

सरकारले ल्याएको १५ औँ पञ्चवर्षीय योजना ‘युवाको जागर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई देशको समृद्धिसँग जोडेको छ । युवा रोजगार प्रधानमन्त्री कार्यक्रम, युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालयको गठन जस्ता कार्यक्रम ल्याइएका छन् ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार वार्षिक पाँच लाख ३८ हजार विदेश जाने युवामा अहिले तीन लाख २३ हजारमा झरेको छ । यसबाट पनि नेपालमा नै युवा केही न केही रोजगारीतिर लागेको देखिन्छ । यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको हो ।साभार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv