• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, कार्तिक ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न :प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गर्नुभएको छ । यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उहाँले भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताउनुभयो ।

“तपाइँलाई म प्रस्टसँग भन्छु, यसमा आफ्ना वा अरू कोही भनिने छैन । आफ्नै टाउकोमा आगो सल्काएरमात्र हामीले यो अभियानलाई निष्कर्षमा पुर्‍याउन सक्छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसैले तपाइँहरू कोही पनि भ्रमित नहुनुहोला । सरकार दृढतापूर्वक अगाडि बढ्छ ।”

उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभयो । “भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा जुन कदम चालिएको छ, यसले सिङ्गो देशको फोहोरमात्र सफा गर्ने छैन, कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । भ्रष्टाचारविरुद्धको अभियान कुनै आवेग वा उत्तेजनामा सुरु नगरिएको दोहोर्‍याउँदै उहाँले यस अभियानबाट भ्रष्ट शक्ति र प्रवृत्ति अत्तालिएको बताउनुभयो ।

पाँचदिन चलेको केन्द्रीय समितिको बैठक सिङ्गो देश, कम्युनिष्ट आन्दोलन र पार्टीको रूपान्तरणका दृष्टिले ऐतिहासिक भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तीनमहिने अभियानबाट पार्टीलाई नयाँस्तरमा विकास गरिने बताउनुभयो । “बैठकमा जुनस्तरको वैचारिक, साङ्गठानिक र भावनात्मक एकतासहित मूल नेतृत्वको वरिपरि केन्द्रीकरण भएको छ, यसले माओवादी पार्टी र आन्दोलनलाई नयाँ उचाइमा उठाउनेछ”, उहाँले भन्नुभयो ।

उहाँले अहिलेको परिस्थितिमा देशको सबैभन्दा क्रान्तिकारी र प्रगतिशील विचार र कार्यक्रमको नेतृत्व गर्ने पार्टी माओवादी नै भएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीले महाधिवेशनबाट प्रस्ट गरेका छौँ, हामी समाजवादको तयारीमा जान्छौँ । समाजवादको तयारी शान्तिपूर्ण रूपमा गर्छौँ । यो कार्यदिशामा पार्टीभित्र प्रस्टता र एकरूपता जरूरी छ ।”

  • # प्रचण्ड #माओबादी केन्द्र #भृकुटी न्यूज #गृहमन्त्री
  • प्रधानमन्त्री
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

  • २.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • ३.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ४.

  • ५.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ६.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv