• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र : दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन

इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् ।

कादेश, बर्निया इजरायलमा रहेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको उल्लेख गरेका छन् । खाना र पानी खाँदा शौचालय जानुपर्ने भएकाले आफूहरु भोकैप्यासै त्यहाँ रहिरहेको पनि उनले उल्लेख गरेका छन्।

भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ–

 

मिति :- २०८०/०६/२

श्रिमान प्रधानमन्त्री ज्यु

नेपाल सरकार

कृषि तथा वन विज्ञान विश्वविध्यालयबाट स्नातक सकिनै लागेका विध्यार्थीहरु जना अहिले हामी इजरायल र हमासको द्वन्दको चपेटामा फसेका छौं । 99 महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गैराखेको छ । हाम्रो आत्माबल घट्टै गैराखेको छ, हामी मानसिक तनावमा पुग्न आटिसकेका छौं अब धेरै सोच्ने परिस्थिती पनि बाकि रहेन । आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुशिका साथ रमाउदै हेरेका हामी आज आफ अगाडि बन्दुक पडिलराखेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भन्ने बंकर भित्रनै छिरेर आक्रमण भैराखेको छ। हामी हाम्रा सुदुर पश्चिम विश्वविध्यालयका सहपाठी साथीको निधनले छाति चिरिएको छू। हामी स्तब्ध छौ, हमलामा पर्यो भूनें गोली निल्नेको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ। नखाउ भने भोक र प्यास लाग्छ खाउ भने बाहिर सौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भैराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अ· अवस्था पनि छैन । यो युद्ध लाभो छ हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ |आदरणिय प्रधानमन्त्री ज्यु, अवको हाम्रो आशा पनि तपाईनै हो, भरोसा पनि तपाईने हो। यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमाने रमाउने छौ हामी नेपालको ‘३’ विश्वविध्यालयबाट यहाँ छौ ।

1) कृषि तथा वन विज्ञान विश्वविध्यालय’

२) त्रिभुवन विश्वविद्यालय

३) सुदुरपश्चिम विश्वविध्यालय

संसगै यहा अन्य विध्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्री को प्रत्याभुति तपाईंले अवश्य गराउनुहुनेछ यो हाम्रो तपाईप्रतिको विश्वास हो, यही विश्वास मा नै हाम्रो सास अडिएको छ ।

(युद्धको चपेटामा परेको नेपाली) – सुरज भण्डारी

4 कृषि तथा वन विज्ञान विश्वविध्यालय (हाल ठेगाना)

Kadesh Barnea, Israel +972512825166

(नेपाली ठेगना – अन्नपूर्ण गा.पा – २, कास्की ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv