• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनएको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन अक्टोवर १७/२० मा काठमाण्डौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवर सम्म काठमाण्डौंमा हुदैछ ।


गैरआवासीय नेपाली संघका अनुसार आइतवार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलन समेत सोहि अवधिमा गर्ने औपचारिक निर्णय गरेको हो ।


आइतवार नै बसेको बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । उक्त बैठकमा भाग लिएका एक पदधिकारीका अनुसार संघको आगामी अधिवेसनमा युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ ।

यसअघि अध्यक्ष पदको लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क रहेको थियो । बर्षौदेखीको नियमलाई आफूमुखी बनाउदै उक्त निर्णय गरिएपछि संघको पदाधिकारीको तिब्र आलोचना गरिएको छ ।

संघका कार्यकारी अध्यक्ष बद्री केसीले आफू र आफ्ना नजिकका खेमाको दवावमा आफुमैत्री निर्णय र सिंगो सँस्थालाई घाटा पर्ने कार्य गरेको बर्तमान पदाधिकारी,पुर्व पदाधिकारी र अभियन्ताहरुले बताएका छन । बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरुको दर्ता अगष्ट १० देखि २५ तारिखसम्म खुल्ला गर्ने भएको छ ।

पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फट आफैले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयवाट केन्द्रमा सिफारिश गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।
बैठकले विनोद कुँवर अध्यक्ष रहेको एनआरएनएसँग गत जुन महिनामा प्रधानमन्त्रीलाई साक्षी राखेर भएको सहमतिलाई आगामी १२ अगष्टमा हुने विशेष अधिवेसनबाट अनुमोदन गर्ने निर्णय गरेको छ । उक्त अनुमोदनपछि दुबै एनआरएनए एक हुनेछ ।

बैठकले संघको ११ औं महाधिवेसनमा नयां नेतृत्वको लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले संघका नयां निर्वाचित राष्ट्रिय समितिका अध्यक्ष तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिने निर्णय गरेको छ । संघको निर्वाचन सम्बन्धी कार्यतालिका भने केही हप्तापछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।
संघको नयाँ नेतृत्वको लागि आरके शर्मा,महेश श्रेष्ठ , बद्री केसी, केशव पौडेल र रविना थापाले आ आफ्नो तयारी सुरु गरेका छन ।

यस्तो रहेको थियो पुरानो उम्मेदवारी शुल्क
अघिल्लो बर्षको निर्वाचन समितिले अध्यक्षका लागि १० लाख रुपैँया वा १० हजार अमेरिकी डलर शुल्क तोकेको थियो भने उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख रुपैँया वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैँया वा ५ हजार अमेरिकी डलर र सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गर्न ४ लाख रुपैँया वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएको थियो ।
यस्तै महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मदेवारी दिन ३ लाख ५० हजार रुपैँया वा ३५ सय अमेरिकी डलर शुल्क तोकिएको थियो । क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ लाख ५० हजार रुपैँया वा २५ सय अमेरिकी डलर शुल्क तोकिएको थियो । यस्तै आइसीसी सदस्यमा उम्मेदवार बन्नका लागि १ लाख रुपैँया वा १ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv