• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीद्वारा भूकम्पबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी र आर्थिक सहयोग प्रदान

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्पमा घाइते भई उपचाररतहरुसँग भेट गरेको छ । राहत सामग्री लिएर प्रभावितस्थल हिँडेको शर्मा नेतृत्वको टोलीले सोमबार भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते तथा परिवारजनसँग भेटवार्ता गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

 

आफूसहित महासचिव बुद्धि सुवेदी, निवर्तमान अध्यक्ष रविना थापा, युरोप संयोजक चिन्तामनि सापकोटा,युरोप महिला संयोजक गीता खनाल थापा, अभियन्ताहरु शनि कुमार ओली, नारायण थापा,ओम शर्मालगायतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको शर्माले जानकारी दिए । सो क्रममा घाइतेहरुलाई उपचार र बसोबासमा सहज होस् भन्ने अभिप्रायका साथ केही आर्थिक सहयोग समेत गरेको बताइएको छ । शर्मा नेतृत्वको टोलीले गरेको सहयोगपछि उनीहरुले खुसी व्यक्त गरेका थिए ।

घाइतेहरुलाई भेटेर टोली प्रभावित स्थल जाजरकोट र रुकुम पश्चिम पुग्ने कार्यक्रम रहेको छ । एनआरएनएको टोलीले आइतबार नै भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री काठमाडौँबाट पठाएको थियो ।
१० करोडको विपद कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहित प्रभावित स्थानमा पठाएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए । यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् उद्दार कोषमा सहयोग गर्ने रकम पनि घोषणा गरेका थिए ।

जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५सहित विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्ने घोषणा गरेका थिए ।
सोहीअनुसार आइतबार गाडीमार्फत पठाइएको राहत सामग्री वितरण र त्यहाँको अवस्थाबारे जानकारी लिन सोमबार शर्मासहितको टोली नेपालगन्ज हुँदै प्रभावित स्थलतर्फ लागेको हो ।

एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्दार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए । सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माको भनाइ छ ।
शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट हालसम्म १५३ जनाको मृत्यु भएको छ भने कैयन भौतिक संरचनाहरुमा क्षति भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv