• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए कोषाध्यक्षमा आरके शर्माको एजेण्डालाई साथ दिदै ठाकुर ढुंगानाद्वारा उम्मेदवारी

कतार,गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि यूएईका ठाकुर ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
आरके शर्माको अध्यक्ष पदमा उम्मेदवारी घोषणा कार्यक्रममा कतार आएर ढुंगानाले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । अध्यक्षका उम्मेदवार शर्माको २४ महिना २४ बाचामा समेटिएका प्रतिवद्धतामा आफ्ना एजेण्डा समेटिएको हुँदा शर्मालाई नै सहयोग गर्ने गरी कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको ढुंगानाले बताए ।


उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने–‘ अध्यक्षका उम्मेदवारले प्रस्तुत गर्नु भएका एजेण्डालाई अक्षरस कार्यान्वयन गर्न र संघको कोषलाई पारदर्शी बनाउन आफ्नो उम्मेदवारी रहने छ ।’
एनआरएनए अभियानमा विभिन्न पदमा काम गरेका ढुंगाना पर्यटन व्यवसायमा आवद्ध रहेर यूएईमा कर्म थलो बनाइरहेका छन ।
धादिङका ढुंगाना २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् । उनी परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा हरदम साथ दिदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छबी बनाएका उनी आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि गहिरो ज्ञान राख्छन ।

उनी २०१७–१९ र १९–२१ मा आईसिसि सदस्य रहेर काम गरेकोमा २०१७–१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत उनले नेतृत्व गरेका थिए । उक्त अभियानमा देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाई कमाएको र बहाहरूको उत्प्रेरणाले यो उम्मेदवारी दिएको ढुंगाना बताउँछन् ।

आईसिसिको अनुरोधमा २०२१–२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए । एनसीसी युएईको समस्या समाधान गर्न उनलाई अध्यक्ष बनाएर आईसिसिले पठाएका थिए । उनले सबै समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन सफल भएका थिए ।

उनलाई मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुःख वुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र चिनिन्छन् । युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भुमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन् ।

नेपालको आर्थिक उन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तरीका र गैर आवासीय नेपालीहरूको योगदान र भुमिका विषयमा स्पस्ट भिजन सहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीका विषयमा आफ्ना चिनजानका डेलिगेटहरूसामु यो सन्देशलाई पुराईदिन तथा यस निर्वाचनमा आफूलाई जिताउन उनले सबै सदस्यहरूलाई अनुरोध पत्रसमेत पठाएका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv