• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन । माल्टास्थित सफल युवा व्यावसायी एबं समाजसेवी भण्डारीले संघको आगामी अक्टोबरमा काठमाडौमा हुने ११ औ महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने बताएका छन ।

उनले माल्टामा गैरआवासीय नेपाली संघ ल्याउन अनवरत रुपमा खटिएर एनआरएनए माल्टा गठन गर्न ठुलो योगदान गरेका थिए । एनआरएनए माल्टामा उपाध्यक्ष भएर सफल कार्यकाल संपन्न गरेका भण्डारी हाल नेपाल माल्टा च्यारिटी एशोसिएसनको अध्यक्ष समेत रहेका छन । विगत ९ बर्षदेखी माल्टालाई कर्मथलो बनाई विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई माल्टाबासी नेपालीहरुको हक हितको लागि सामाजिक कार्य गर्दै आएका छन ।


भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्ष समेत भएर केन्द्रिय नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन ।
उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउदै युवाहरुलाई यस अभियानमा जोड्ने बताउछ्न ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका भण्डारी सरल र मिजासिलो स्वभावका एनआरएनए अभियन्ताका रुपमा मानिन्छन । बिश्वमा सबैभन्दा ठुलो नेपाली संजालमा फैलिएको एनआरएनए लाई सँस्थागत बिकास र सँस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने भण्डारीले बताए ।


उनले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक रहेको छ । सबैलाई समेटन अझै हामीले पहल गर्न बाकी नै रहेको हुदा यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोगका लागी भण्डारीले अपिल गरेका छन ।

अहिले एनआरएनको आगामी ११ औं महाधिवेशन नजिकिदै गर्दा निर्बाचनको माहौल तात्न थालेको छ । अहिले बिभिन्न देशबाट आईसिसिको आगामी अधिबेसनमा आउन चाहनेहरुले उम्मेदवारी दिने क्रम बढ्दो छ ।

 


एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युरोप युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको भण्डारीले बताए । आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार आफुले एनआरएनए युरोप युवा संयोजकमा उम्मेदवारी दिएको भण्डारीले बताए ।
एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन युवा संयोजकमा उम्मेदवारी घोषणा गरेको भण्डारीले बताए । एनआरएन अभियानमा उदयमान तथा उर्जाशील स्वभावका भण्डारी सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन । एनआरएनए युवा संयोजकका लागि सर्बसम्मतबाट सहमति बटुल्ने कोशिष गरेका भण्डारी युरोप युवा संयोजकमा सबैको रोजाईमा पहिलो नम्बरमा रहेका छन ।


माल्टा,युरोप तथा नेपालमा सामाजिक कार्यका लागि अग्रस्थानमा रहेर कार्य गर्दै आएका रेग्मी सबै नेपालीका लागि आखाको नानी जस्तै रहदै आएका छन । एनआरएन अभियानमा भण्डारीको उपस्थितिलाई विश्वभरका नेपाली समुदायले उदाउदो ताराका रुपमा अन्तरआत्मादेखि स्वागत गरिरहेका छन । गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई युरोप संयोजकका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने क्षमता भण्डारीसँग रहेको छ ।


उनले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गरेका छन ।
संघको आगामी महाधिवेशनको लागि बिभिन्न पदमा उम्मेदवारी घोषणा आउने क्रम जारी रहेको छ । अध्यक्ष पदमा आरके शर्मा, महेश श्रेष्ठ ,डा। बद्री केसी, रविना थापा, डा. हेम राज शर्माले उम्मेदवारी दिने घोषणा गरिसकेका छन । उपाध्यक्षमा खगेन्द्र न्यौपाने,राज रेग्मीले उम्मेदवारी दिएका छन । महासचिवमा गौरीराज जोशी,बुद्दी सुवेदी,गंगाधर गौतम,पारसमणि सुवेदीले उम्मेदवारी घोषणा गरेका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv