• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए र नेपाली समाज रूपान्तरणको अभियानमा एनआरएनए आईसिसि उपाध्यक्षका प्रत्याशी रोविन शेरचन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकाँक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दै गएको छ । आइसीसी नेटवर्कमा पुग्नका र एनआरएनए अभियान नेतृत्वका लागि अहिले बिश्वभरि छरिएर रहेका नेपालीहरुले आ- आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै बिभिन्न पदका लागि उम्मेदवारीको घोषणा गरिरहेका छन् ।

उम्मेदवारी घोषणाको लहरमा उभिएका मध्ये रोबिन प्रसाद शेरचन पनि एक हुन् । उनले आइसीसीको आगामी २०२३ – २०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । हालको कार्यसमितिका उनि एनआरएनए आईसीसी सदस्य हुन।


लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका उनी सामाजीक, परोपकारी क्षेत्रमा पनि क्रियाशील रहेका छन् । विश्वभरि रहेका नेपालीमाझ परिचित उनी एक बलियो उम्मेदवार मानिन्छन् ।

उनी भन्छनः ‘एनआरएनए स्थापना भएको करिब २० वर्ष भयो । मैले करिब ३५ वर्ष जापानमा बिताएको छु, एनआरएनए स्थापना हुनुपूर्व पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको थिएँ । ती सबै संस्थागत थिएनन् तर पनि एक किसिमको आत्मसन्तुष्टि प्राप्त भइरहेको थियो।’
परदेशमा बसेर नेपाली समुदायका लागि अन्तर्राष्ट्रिय स्तरमा निस्वार्थ सेवा गर्ने उद्देश्यले एनआरएनए रोजेको उनले बताए ।

उनी भन्छन् स् ‘ यो विश्वभर फैलिएको नेपालीहरूको गैर राजनीतिक संस्था हो । यहाँ जोडिएर संस्थागतरुपमा नेपाल र नेपालीका लागि निश्वार्थ रुपमा व्यापक काम गर्न सकिन्छ। त्यसैले विश्वभर रहेका मेरा शुभचिन्तक तथा साथीभाई हरुको समेत सल्लाहका कारण मैले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ।’

एनआरएनए एक विशुद्ध गैर राजनीतिक संस्था भएपनि यसभित्र राजनीतिक हस्तक्षेप र नेतृत्वमा देखिएको विवादका कारण संघको १० औं महाधिवेशन हुन सकेको थिएन । त्यसबेला जना अध्यक्षका दावेदार तीन जना थिए। कोरोना महामारीको अवस्था एवं नेतृत्वमा उत्पन्न विवादका कारण पालै पालो गरेर तीनै जना अध्यक्ष रहने सहमति गरिएको थियो । तर यसपटक ११ औं अधिवेशन आगामी अक्टोवर १७ देखी २० सम्म काठमाडौमा हुने निर्णय संघले गरेको छ।

उपाध्यक्षका प्रत्यासी रोबिन शेरचनका विचारमा विश्वभरी रहेका नेपालीहरुको छाता संगठन मानिएको एनआरएनए आफ्नो उद्देश्य अनुरूप सामजिक परोपकारी संस्थाको रुपमा अगाडि बढ्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । विदेशमा रहेका नेपालीहरु मध्ये बौद्धिक, दक्षता भएका, युवा लगायत ठूलो संख्या संघको घेराभित्र अटाउन सकेका छैनन् ।

उनी भन्छन् “तिनीहरूलाई सङ्घको घेराभित्र ल्याउनुपर्नेछ। सबैले अपनत्व महशुस गर्नेगरी काम गर्नुपर्नेछ, राजनीतिक हस्तक्षेपको सामना गर्नुका साथै फेरि एकपटक संस्थाको गरिमा उच्च बनाउनको लागि निस्वार्थ सेवा भावका साथ कार्य गर्ने नेतृत्व चयन गर्नका लागि अपिल गर्न चाहन्छु।”

मुस्ताङमा जन्मेका रोबिन प्रसाद शेरचनको बाल्यकाल पोखरामै बित्यो । गण्डकी बोर्डिङ स्कुल अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएका शेरचनलाई आफन्तले बोलाएपछि सन् १९८८ अर्थात् आजभन्दा ३५ वर्षअघि उनि जापान पुगे ।

जापान अहिलेको जस्तो अवस्थामा थिएन, हिरोसिमा र नागासाकीमा अमेरिकाले खसालेको परमाणु बमको घाउ ताजै थियो ‘परमाणु बमका कारण ठूलो क्षति ब्यहोरेको जापानले भर्खर-भर्खर विकासको गतिमा रफ्तार अगाडि बढाएको थियो ‘जापानमा हाल करिब १ लाख ५० हजार नेपाली छन् तर त्यसबखत त्यतिधेरै नेपाली थिएनन् । करिब सय जति हुँदा हुन् तर सोचेजस्तो थिएन । भाषा फरक खानपान, चालचलन जीबनशैली सबै फरक थिए ।

सुरुमा काम गर्न निकै गाह्रो थियो । भाषा र शिप दुवै नभएकोले कठिन थियो । जापानीहरु जापानी भाषा नै बोल्ने गर्दछन् अंग्रेजी बोल्नेहरु बिरलै भेटिन्छन् । त्यसैले उनले सुरुमा भाषा पढ्न थाले दुई वर्ष भाषा पढिसकेपछि मात्र यहाँ उनलाई घुलमिल हुन सजिलो भयो, भाषा भएपछि काम पाउन सजिलो भयो । त्यसपछि केही समय रेस्टुरेन्टमा काम गरे।

त्यसबेला जापानमा भएकामध्ये धेरैजसो थकाली समुदायका थिए । मुस्ताङका थकालीहरु सीमापार व्यापार गर्ने गदर्थे । उनको पुर्ख्यौली पेशा पनि व्यापार नै थियो उनका बुबाले होटल व्यवसाय साथै हङकङबाट कपडाहरु ल्याएर बेच्ने गर्दथे । उनका भैरहवमा रहेका होटल तथा पसलहरु राम्रै चलेका थिए ।


बुवाले गरेको व्यवसायलाई निरन्तरता दिँदा भविष्य छैन भन्ने लागेर उनले आफैं केही गर्ने सोंच बनाएर जापान प्रवेश गरेको बताउँछन् ।
रेस्टुरेन्टमा काम गर्ने सिलसिलामा उनले एक जापानी युवतिसँग २७ वर्षको उमेरमा प्रेम विवाह गरे । नयाँ जीवनको बाटोको एक किसिमको सुरुवात भएको थियो । उनीहरूका योजनाहरु पनि बन्दै गए यसै क्रममा उनीहरुले आफ्नै केही व्यवसायका गर्ने सल्लाह गरे ।
जापानी नागरिक भएपनि उनकी श्रीमतीको रुचि बाहिरी देशको संस्कृतिसँग थियो किनकि उनले बाहिरी देशबाट अध्ययन गरेकी थिइन् । उनलाई अंग्रेजीको पनि ज्ञान थियो । उनले बाहिरी देशको संस्कृति आफ्नो देशका नागिरकलाई बुझाउन चाहन्थिन् । यसै क्रममा उनीहरुले एउटा साँस्कृतीक विद्यालय खोले त्यो श्रीमती र उनको रुची थियो उनीहरूले आफूले सिकेका कुराहरु अरु समुदायका मानिसलाई सिकाउन चाहन्थे र त्यहाँ अंग्रेजी लगायत अन्य भाषा पनि पढाउन थालियो ।

त्यसबेला पत्रपत्रिकाको उति चलन थिएन पत्रपत्रिकाहरु व्यापक थिएनन् । ‘ माउथ टु माउथ’ प्रचार गर्दै हुने गर्दथ्यो । एकदिन उनीहरुको स्कुलको बारेमा एउटा स्थानीय पत्रिकामा समाचार प्रकाशन भएपछि स्कुल सोचेभन्दा राम्रो चल्न थाल्यो ।


जीवन सोंचे जस्तो काहाँ चल्छ र रु जीवनमा कुन बखत बज्रपात पर्छ भन्ने थाहै हुँदैन । जस्तोसुकै चोट परेपनि सहनुको विकल्प के नै छ र रु
रोबिनको जीवनमा पनि यस्तै एउटा ठूलो चोट लाग्यो ३९ वर्षको उमेरमा उनकी श्रीमतीलाई क्यान्सर रोगले लग्यो । उनको जीवन फेरि एक्लो भयो दुईजनाको मन मिलेर खोलेको स्कुल एक्लै सम्हाल्नु पर्ने अवस्था आयो । श्रीमतीको याद सँगै केहिवर्ष उक्त स्कुल चलाए। पछि आफ्ना भाईहरुसंग मिलेर एउटा बार खोले करिब १३० देशका विभिन्न ब्रान्डका बियरहरु र खानेकुराहरु बिक्री गरिने उक्त बार पनि सोचे भन्दा राम्रो चल्न थाल्यो । फेरि उनले इटालियन रेष्टुरेन्ट खोले त्यो पनि राम्रो चल्यो ।

आफ्नी श्रीमतीको याद बोकेर उनी एकपछि अर्को व्यवसायको उकालो यात्रा गर्दै गए असफलता भने कतै भोग्न परेन जुन काममा हात हाल्यो त्यो फलिफाप हुँदै गयो । मानौं कुनै चमत्कार हुँदैछ जस्तो । अहिले उनले आफ्नो रेस्टुरेण्ट व्यवसायलाई जापानभर फैलाएका छन् उनले जापानभर २५ आउटलेटहरु सञ्चालन गरिरहेका छन् ।


ब्यवसायमा सफल रहेपनि लामो समय सम्म परदेशमा रहँदा नेपाल र नेपालीको निकटमा रहेर काम गरिरहेको अनुभव सुनाउदै रोबिन शेरचनले बिदेशमा हासील गरेको दक्षता, सीप र रकमलाई ब्यवरस्थित गरी नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न एनआरएनए एउटा बलियो माध्यम भएको बताउछन् ।

इमान्दारिता र पारदर्शी तरिकाले कार्य गर्ने नेतृत्व चयन गर्न सकेमात्र संस्थालाई रुपान्तरण गर्दै पद्धति अनुरुप प्रभावकारी कार्य सकिने उनको विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv