• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कांग्रेस एकजुट हुनुको विकल्प छैन : नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुुनै विकल्प नरहेको बताएका छन् । कांग्रेस रामेछापले मन्थलीले एक सय १० औं बीपी जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार्दै कांग्रेस पाटी बिना गुट र बिना साहारा एक्लै लड्न तयार रहनुपर्ने बताए ।

उनले भने, ‘परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार हुनुपर्दछ । म अठोटका साथ भन्छु, कांग्रेसले एकजुट भएर आफ्नो विचारका आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले कहिलै पनि हराउन सक्दैन ।’

अहिले कांग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै नेता कोइरालाले त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । अर्को प्रसङ्गमा नेता कोइरालाले कार्यकर्ताले आवश्यकता महसुस गरे आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने सङ्केत पनि दिए । दशैँ लगतै आफू कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताले गरेको मूल्याङ्कनका आधारमा १५औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन चाहेको पनि उनले स्पष्ट पारे । कांग्रेसको शक्ति भनेको बीपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उनको भनाइ छ । विपीले ७० वर्ष अगाडि दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि कांग्रेसलाई केही असर नहुने पनि कोइरालाले ठोकुवा गरे ।

उनले कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीका लागि परमादेश गरेर सर्वोच्च अदालतले गलत काम गरेको पनि बताए । राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको र सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपार्टीले मुलुकमा राजनीतिक खतरा बढाएको पनि कोइरालाको भनाइ छ ।

उनले भने, ‘’राजनीतिक पार्टीहरूले एकआपसमा छलफल गरेर समस्याको समाधान निकाल्नका लागि पनि सुझाव दिनुभयो । राजनीति भनेको राजनीतिज्ञले गर्ने हो, सर्वोच्चले होइन ।’ तत्कालीन समयमा केपी ओलीको सरकारलाई पनि परमादेशको माध्यमबाट हटाउनु पनि गलत पूर्ण निर्णय भएको पनि नेता कोइरालाले बताए । कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षपाति भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको पनि बताए ।

  • शशांक कोइराला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश
रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी
मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv