• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

गठबन्धनबाटै बागी उम्मेदवार : होला त कारबाही ?

काठमाण्डौ – पोखरा र भरतपुर महानगरपालिकामा पनि सत्तारूढ गठबन्धन दलहरूबीच चुनावी तालमेल भएको छ । तालमेल अनुसार, पोखरा महानगरपालिकाको मेयर पद नेकपा एकीकृत समाजवादीले पाउनुपर्ने हो । तर, पोखरा महानगरको मेयर पदमा सत्तारूढ गठबन्धन दलभित्रैबाट तीन जना बागी उम्मेदबार उठेका छन् ।

तीनै जना बागी उम्मेदबार सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका हुन् । नेपाली कांग्रेसका ऋषि सापकोटाले मेयर पद दाबी गर्दै सोमबार बागी उम्मेदबारका रूपमा मनोनयन दर्ता गराएका हुन् । उनी कांग्रेस कास्कीका पूर्वकोषाध्यक्ष हुन् । उनी ०५४ सालदेखि ०६४ सालसम्म कांग्रेस कास्कीका कोषाध्यक्ष थिए ।

गठबन्धनका नाममा कार्यकर्तालाई अरू दलको चुनाव चिन्हमा मत हाल्न बाध्य पारेको भन्दै आफूले उम्मेदवारी दिएको सापकोटाले बताएका छन् । ‘केन्द्रबाट गठबन्धनको नाममा पार्टीप्रति प्रतिबद्ध कार्यकर्तालाई अन्य दलको चुनाव चिन्हमा मत हाल्न बाध्य पारिएकाले मैले उम्मेदवारी दिएको हुँ’, उनले भनेका छन् ।

नेपाली कांग्रेसकै अर्का नेता नन्दुप्रसाद तिवारीले पनि मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव थिए । यसअघि आइतबार नेपाली कांग्रेसबाटै विमलबहादुर कार्कीले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

सत्तारूढ दलहरूबीचको सहमतिअनुसार, पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । पोखरा महानगरमा उपमेयर पद भने नेपाली कांग्रेसले पाउने सहमति भएको थियो ।

यसैगरी भरतपुर महानगरपालिकाको मेयर पदमा पनि नेपाली कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेदबारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धनमा रहेका दलहरूबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो । उपमेयरमा भने कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

सोही अनुरूप भरतपुरमा गठबन्धनको तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी थिइन् । यसअघि पनि भरतपुरको मेयर रहेकी दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । तर, दाहालको विरुद्घमा गठबन्धनभित्रैबाट पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

चुनावी तालमेलको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताले छुट्टै उम्मेदवारी दर्ता गर्ने चेतावनी दिँदै आएका थिए । नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी हेटौँडा उपमहानगरपालिकाको मेयरमा जसपा नेपालका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले बागी उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धन तोडेर हेटौँडामा जसपा नेपालले छुट्टै उम्मेदवारी दर्ता गराएको हो ।

गठबन्धनबीच भएको सहमतिअनुसार, हेटौँडाको मेयर पद नेकपा एकीकृत समाजवादी र उपमेयर पद नेपाली कांग्रेसले पाउनुपर्ने थियो । सोही सहमतिअनुसार, हेटौँडा उपमहानगरमा सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयर र नेपाली कांग्रेसका राजेश बानियाँले उपमेयर उम्मेदवारी दर्ता गराइसकेका छन् । यसका अतिरिक्त ललितपुर र विराटनगरमा पनि बागी उम्मेदवारी परेको छ । उपमहानगरहरुमा बुटवल, हेटौडा, धनगढी, जनकपुरधाममा गठबन्धन दलबाटै बागी उम्मेदवारी परेको छ ।

सत्तारूढ गठबन्धन दलहरूले स्थानीय तहको निर्वाचनमा अन्य दलहरूसँग चुनावी तालमेलसमेत नगर्ने भद्र सहमति गरेका छन् । यसदेखिवाहेक गठबन्धनको निर्णय विपरीत भए नेता÷कार्यकर्तालाई कारबाही गर्ने चेतावनीसमेत दलहरूले दिएका छन् ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले समेत चुनावी तालमेलको विषयमा सत्ता गठबन्धनको निर्णय विपरीत गए कारबाही गरिने बताएका थिए । गृहमन्त्रीसमेत रहेका नेता खाँणले गत बुधबार रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्तारूढ दलबीच गठबन्धन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको बताएका थिए ।

उनले गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने चेतावनी पनि दिएका थिए । ‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ’, गृहमन्त्री खाँणले भनेका थिए, ‘पार्टीको निर्णय विपरीत जाने नेता÷कार्यकर्ताको गतिविधिलाई गम्भीर तरिकाले निरीक्षण गरिँदै छ । उनीहरूले कारबाहीको भागिदार बन्नुपर्नेछ ।’

यसका बाबजुद नेपाली कांग्रेसबाटै अधिकांश स्थानमा बागी उम्मेदबार उठेका छन् । यद्यपि, निर्वाचन आयोगले उम्मेदबारी फिर्ता लिने समय पनि छुट्याएको छ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

  • vrikuti tv
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv