• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

गठबन्धन बैठक : एमालेको प्रतीक्षामा निष्कर्षविहीन

काठमाडौँ । राष्ट्रियसभा चुनावमा सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष सकिएको छ। चुनावमा नेकपा एमालेसहितको गठबन्धन हुनसक्ने सम्भावनाका कारण आजको बैठक बिना निष्कर्ष टुंगिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपरान्ह बोलाएको बैठक एमालेको प्रस्ताव पर्खनका लागि भोलि विहान ९ बजे फेरि बस्नेछ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राष्ट्रियसभामा एमालेलाई जिरो नबनाउन आग्रह गरेको बताएका थिए। एमालेबाट यसबारे ठोस प्रस्ताव आए छलफल गर्न सकिने कुरा भएको पनि पाण्डेले बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालमा हुन लागेको भ्रमण र त्यसमा सरकारले गर्ने छलफलको एजेण्डाबारे पनि ब्रिफिङ गरेको पाण्डेले बताए।

उपाध्यक्ष पाण्डेले भने, ‘दुईवटा विषयमा छलफल भयो। भोलि भारतीय परराष्ट्रमन्त्री नेपाल आउँदै हुनुहुन्छ। भारतसँग भएको कतिपय सन्धिका कुराहरु छन्‚ पञ्चेश्वरका विषयहरु छन्। महाकाली सन्धिमा उल्लेख भएका कुराहरुलाई कसरी हामीले उहाँहरुसँग बसेर कुराकानी मिलाएर जान सकिन्छरु यी विषयहरुमा प्रधानमन्त्रीले विभिन्न ढंगले तयारी गरिरहेको कुरा हामीलाई ब्रिफिङ गर्नुभयो।’

उनले सो विषयमा सत्तारुढ दलहरुबीच कुनै सहमति नभएकाले भोलि ९बिहीवार० बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिएको बताए।

‘राष्ट्रियसभा निर्वाचनका लागि २३ गते उम्मेदवारी दिनु छ र २० सिट खाली भएका छन्। त्यसमा एमालेकै प्रतिनिधि रहेको ९ सिट छ। यो ९ सिटको बारेमा हामी कसरी जान्छौं भन्नेबारे सरसल्लाह भयो‚ टुंगिएको छैन । एमालेलाई पनि सो निर्वाचनमा सहभागी गराएर लैजाने कि भन्नेबारे प्रधानमन्त्रीज्युसँग एमाले अध्यक्षज्युले हामीलाई जिरो नगर्नुस् भन्नुभयो भन्ने खालको कुरा आयो‚’ उनले भने‚ ‘यो कुरा आएपछि हामीले सबै दलहरुसँग सरसल्लाह गरेर उहाँहरुको खास कंक्रिट प्रस्ताव के हो ? एमालेको ठोस प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो।’

उनले नेपाल कांग्रेस-माओवादी केन्द्रबीचको छलफलमा भने ओलीजीबाट यस्तो प्रस्ताव आए भने के गर्ने भन्ने विषयमा सम्बन्धित भएर छलफल गरिएको हुनसक्ने अनुमान बताए।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेताहरु सहभागी थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv