• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

चियाको पहिलो टिपाइ सुरु

लाम, चैत १३ गते । इलाममा यस वर्षको उत्पादन सुरु हुन थालेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा केही उद्योगका लागि पहिलो टिपाइ वा ‘फस्ट फ्लस’ को काम सुरु भएको छ ।बर्सैभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वसाथ लिने गरेका छन् ।

यस पटक अन्तुको श्रीअन्तु फार्मस् टी प्रालि, कन्याम चिया सहकारी र इलाम नगरपालिका–४ स्थित फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिजले पहिलो टिपाइको चिया प्रशोधन नै गर्न थालेका छन् ।

साँखेजुङस्थित ग्रिनहिल टी इन्ड्रस्टिजले पनि यही चैत १४ देखि यस वर्षको चिया प्रशोधन सुरु गर्ने जनाएको छ । “पहिलो टिपाइको चिया निकै महत्वपूर्ण हुन्छ तर गत वर्षहरूमा जस्तो उत्पादन छैन । भर्खर मुना पलाउन सुरु गर्दै छ,” ग्रिनहिल टी इन्ड्रस्टिजका सञ्चालक टङ्क दाहालले भन्नुभयो ।

दाहालले जर्मनी, अमेरिकासहित युरोपका देशहरू र चीन तथा भारतमा समेत गरी गत वर्ष ५५ हजार किलो तयारी चिया विदेश निर्यात गरेको बताउनुभयो । उहाँले यस वर्ष पनि तेस्रो मुलुकमा चियाको व्यापार राम्रै हुन्छ भन्ने अपेक्षा गरेको बताउनुभयो ।

यस वर्ष हिउँदमा वर्षा नहुँदा त्यसको असर चिया उत्पादनमा परेको बताइएको छ । प्रायः फागुन अन्तिम सातादेखि चैतको पहिलो सातासम्म चियाको पहिलो टिपाइ सुरु हुने गरेको थियो । तर मौसम सुक्खा भएको र पहाडी क्षेत्रमा सिँचाइको वैकल्पिक व्यवस्था नभएकाले त्यसको असर चियामा परेको किसान बताउँछन् ।

अर्गानिक प्रमाणीकरण भएको पहिलो टिपाइको चिया अधिकांश व्यवसायीले तेस्रो मुलुक निर्यात हुने गरेको बताउँछन् । इलाममा गोल्डेन, गोल्डेन रिङ, गोल्डेन पल, सिल्भर, गोल्डेन ब्ल्याक, ग्रिनलगायतका फरक फरक नाम र स्वादका चिया उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv