• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कृषि उद्यम केन्द्रद्वारा एग्रो इन्भेस्टमेन्ट समिट सेरिज दुई सम्पन्न, मोही अभियानलाई प्रोत्साहन

sharethis sharing button

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रले आयोजना गरेको ‘एग्रो इन्भेस्टमेन्ट समिट सेरिज दुई’ उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी रहेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कृषि मन्त्रालयकी सह-सचिव सबनम शिवाकोटी विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत, केन्द्रका बोर्ड सदस्यहरू, महासंघका महानिर्देशक गोकर्ण अवस्ती, विभिन्न बस्तुगत संघका अध्यक्षहरू तथा कृषिसम्बन्धी विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा नेपाल डेरी एसोसिएसनले ‘मोही अभियान’ सुरूवात गरेको घोषणा गरेको छ। उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई नवप्रभात डेरी उद्योग, ललितपुरले उत्पादन गरेको मोही प्रदान गरिएको थियो। कृषि मन्त्री अधिकारीले खुशीपूर्वक मोही ग्रहण गरेको जानकारी कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले दिए। महासंघका अध्यक्ष ढकाल र सह-सचिव शिवाकोटीले पनि मोहीको गुणस्तरको प्रशंसा गर्दै यस्तो उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताए।

डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले मोही अभियानले नेपाली दुग्ध उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। नवप्रभात डेरी उद्योगका कार्यकारी निर्देशक सुरेश तिमल्सिनाले मन्त्री, महासंघका अध्यक्ष र सह-सचिवले मोही उपभोग गर्नु दुग्ध उत्पादन क्षेत्रका लागि हौसला प्रदान गर्ने विषय भएको बताए।

नवप्रभात डेरी उद्योगले लामो समयदेखि दूध, दही, घिउ, बटर, पनिर लगायतका दुग्धजन्य उत्पादन बजारमा ल्याउँदै आएको छ। एसोसिएसनले ‘मोही अभियान’ मार्फत नेपाली परम्परागत पेयलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

  • #जितबहादुर
  • दिलबहादुर#इलाम #उप निर्वाचन #भृकुटी न्यूज #एकीकृत समाजवादी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
कृषि मन्त्रीको कामबाट प्रधानमन्त्री रुष्ट, प्रधानमन्त्री आधुनिक कृषि परियोजनाबाट नाम हटाउने निर्देशन
कृषि मन्त्रीको गुनासो कृषिमा आधुनिकीकरणका नाममा गुणस्तरहिन प्रविधि किन ?

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv