• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार १८, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

तिनै तहको निर्वाचनमा परिवार दलले एमालेसँग तालमेल गर्ने

काठमाण्डौ – नेपाल परिवार दलले आगामी तीनै तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ ।

गत २०७४ सालको निर्वाचनमा पनि ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनावी सहकार्य गरेको थियो । पार्टी अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।

‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौँ,’ अध्यक्ष ढकालले भने – ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ ।’ ७६ जिल्लाको निर्वाचन कार्यालयमा दर्ता रहेको उक्त दलले ५२ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ । तर एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दाबी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले बताए । परिवारले सातदेखि दशवटा पालिकामा आफ्नो दाबी गर्ने तयारी गरेको छ ।

ढकालका अनुसार कुन कुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले उक्त पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए । कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ । उक्त समितिले रिपोर्ट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुङ्गो लाग्ने अध्यक्ष ढकालले जानकारी दिए ।

एमाले उपाध्यक्ष पौडेलसँग कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने परिवार दलले जनाएको छ । परिवार दलले महानगर र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले तोक्ने र बाँकी स्थानीय तहको उम्मेदवार चयन जिल्लाले गर्ने निर्णय गरेको छ ।

  • vrikuti tv
  • vrikutionlinetv
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv