• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

नेपालमा लगानी भित्र्याउन पहल लिन गैर आवासीय नेपाली संघलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली संघलाई आग्रह गरेका छन ।

नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायत धेरै क्षेत्रमा लगानी विस्तारको प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी जुटाउन तथा प्रविधि भित्राउन गैरआवासीय नेपाली संघले मुलुक बाहिरबाट विशेष पहल गर्न सक्ने बताए ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले गैर आवासीय नेपालीहरूसंगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको बताउँदै नेपालमा धेरै र नयाँ सम्भावनाहरु रहेको र तिनीहरुमा लगानी र प्रविधि भित्राउन सकियो भने त्यसबाट आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदा समेत लिन सकिने जनाकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली सङ्घ बीच सुमधुर सम्बन्ध रहेको बताउँदै महासंघले गैरआवसीय नेपालीलाई नेपालमा उपयुक्त साझेदार छनौटको लागि समेत सहयोग गर्न सक्ने बताए । उनले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिजोर्ट तथा थिम पार्कहरुमा लगानी प्रवद्र्धनसँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धता समेत व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो मातृभूमिमा लगानी गरी रोजगारी सृजना गर्ने तथा उचित मुनाफा कमाउने अवसरहरु छोप्न गैर आवासीय नेपाली संघका‌ साथीहरू तयार छन भन्ने विश्वास लिएको बताए ।

उहाँले उद्यमशीलता मार्फत नेपाललाई समृद्ध बनाउने यात्रामा गैर आवासीय नेपाली संघ र महासंघसँगसँगै अघि बढ्न र नेपालको सम्मृद्धि र समुन्नतिसँग जोडिएको विश्वभर रहेका नेपालीहरुको सम्मान र सपना साकार पार्न सबैले पहल गर्नुपर्ने बताए। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले आयोजना गरेको उक्त कार्यक्रममा १०० जनाभन्दा बढी गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv