• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

प्रवासी नेपालीका लागि नीति-निर्माण तहमै काम गर्नेछु: आइसिसी सदस्य ठकुरी

दीप सञ्चार मिडियाका प्रधान सम्पादक तथा कतारका युवा व्यवसायी दिपजंग शाह ठकुरी एनआरएनए आइसिसी सदस्यमा निर्वाचित भएका छन्।

ठकुरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३-२०२५ कार्यकालको लागि आइसिसी सदस्यमा फराकिलो मतले निर्वाचित भएका हुन्।

आइसीसीका ६ सदस्यका लागि कतारमा ९ जनाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। बिहीबारदेखि सुरु भएको अनलाइन निर्वाचनमार्फत आईसिसी सदस्यमा एनआरएनए आइसिसीमा निर्वाचित भएका ठकुरी हाल एनसिसी कतारको २०२१-२०२३ कार्यकालका सचिव पनि समेत हुन । उनीसँगै श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दुर्गा प्याकुरेल, प्रेमबहादुर चलाउने, बिक्रम कार्की पनि आईसीसी सदस्यमा निर्वाचित भएका छन्।

आइसिसी सदस्यमा निर्वाचित भएपछि ठकुरीले सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै धन्यवाद पनि दिएका छन्। दाङमा जन्मिएर काठमाडौं र कतारलाई कर्मथलो बनाएका ठकुरीले झन्डै दशक भन्दा लामो समयदेखि गैरआवासीय नेपाली संघको विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन्।

हाल एनसीसी कतारको सचिव समेत रहेका ठकुरीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई पारदर्शी, समावेशी एवं विश्वसनिय बनाउँदै राष्ट्रिय समन्वय परिषदका सम्भावित समस्या, अवसर र गतिविधिलाई अन्तर्राष्ट्रिय समन्वय परिषदसँग जोड्नुपर्नेमा पैरवी गर्दै आएका छन्।

इतिहासकै संगीन मोडमा उभिएको एनआरएनएलाई ‘सहमती, सहकार्य, एकता, आजको आवश्यकता’ भन्ने मुख्य नाराका साथ सहज अवतरण गराउनको लागि एक कर्मठ सिपाहीको रुपमा अहोरात्र खाटिएर आफ्नो भुमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि त्यही भूमिकामा रहने वाचा पनि ठकुरीले गरेका छन्।

‘एनआरएनएको मूल मन्त्रअनुसार प्रवासमा रहनुभएका सम्पूर्ण नेपालीको सेवा गर्न र नेपालीका हितका लागि नीति निर्माण तहमै काम गर्ने उद्देश्यले म यहाँ पुगेको हुँ’ उनले भनेका छन् ‘प्रवासमा रहने हरेक नेपालीको दु:ख, सुखमा सँग रहेर उहाँहरूका लागि काम गर्दै आएको छु र आगामी दिनमा पनि अझ सहकार्य र सहमतिसँगै अघि बढ्नेछु। मलाई यहाँसम्म पुर्‍याउन योगदान गर्नुहुने सबैलाई धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु।’

डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान गराइएको थियो ।दुई प्यानलको बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए । निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंहले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv