• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

बीएण्डसी अस्पतालले ल्यायो आफ्नै “परिवार स्वास्थ्य बीमा” कार्यक्रम

३ मङ्सिर ,बिर्तामोड ,बीएन्डसी हस्पिटलले अब ‘मेरो बीएन्डसी मेरो जीवन साथी, प्रभु इन्सुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।
आजदेखि लागू भएको बीएन्डसीको स्वास्थ्य बीमाकार्यक्रमबारे जानकारी गर्दै बीएन्डसी हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आफ्नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको घोषणा गर्दै चार जनासम्मको परिवारले ६ हजार रुपैयाँ प्रिमियम भुक्तानी गरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था रहेको जानकारी दिएका छन् ।
बीएन्डसी हस्पिटल र प्रभु इन्सुरेन्स लिमिटेडको सहकार्यमा यो बीमा लागू गरिएको हो ।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. निराजन प्रसाई र प्रभु इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले शुक्रवार हस्पिटलको सभाहलमा एक कार्यक्रमबीच उक्त बीमा कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रभु इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले आर्थिक अभावले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर संयुक्त रुपमा बीमा कार्यक्रम ल्याइएको र यसमा बिमित परिवारका सदस्यले बिना झञ्झट उपचार सेवा पाउने ग्यारेन्टी गरिएको बताए । सरकारले बिमा स्वास्थ्यका नाममा समेत ठगी गरेको र गरिब दुखी असहाय कमजोर जनतालाई अनावश्यक दु:ख दिएको गुनासो गरिरहेका प्रसाईंले अब बिना झन्झट ,बिना पैसा बीएण्डसीको आफ्नै बिमा कार्यक्रमबाट जनताको सेवा गर्ने बताएका छन् । सरकारको स्वास्थ्य बीमाकार्यक्रममा आवद्ध रहेर जनतालाई उपचार सेवा दिएका प्रसाईंलाई सरकारले उपचार सेवा गरेबापत बीएन्डसी अस्पताललाई दिनु पर्ने करोडौ रकम नदिएको भन्दै गुनासो व्यक्त गर्दै आएका थिए। सरकारी स्वास्थ्य बीमाको सेवा लिन सर्बसाधरण जनताले झेल्नु परेको सिफारिस देखि कानुनी प्रावधान सम्मको झन्झट,हैरानी दु:खले जनतालाई प्रताडित गरेको भन्दै यस्तो अपराध नगर्न र जनताले पाउने अधिकार सहज रुपमा प्रदान गर्न प्रसाईंले निरन्तर आवाज उठाइ रहेका छन् तर आफ्नो आवाज सुनुवाइ नभएपछि उनले आफ्नै अस्पतालले सेवा प्रदान गर्नेगरी आफ्नै योजनामा स्वास्थ्य बीमाको कार्यक्रमकालागि आज प्रभु इन्स्योरेन्स लिमिटेडसँग सहकार्यको सम्झौता गरेका छन् । सरकारको स्वास्थ्यबीमा कार्यक्रमसँग मिल्दो जुल्दो आफ्नै स्वास्थ्य बीमा कार्यक्रमको घोषणा गर्दै प्रभु इन्स्योरेन्स लिमिटेडसँग आज आधिकारिक सम्झौता गरेका प्रसाईंले अब जनतालाई सिफारिस देखि पैसा सम्मको कुनै तनाव नहुने भन्दै यो अभियानमा सबैको सहयोग रहने विस्वास समेत व्यक्त गरेका छन ।

 

  • #दुर्गा प्रसाईं #बीएन्डसी अस्पताल #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv