• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, असार २२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

ब्रिटेनको राजदरबारमा पुग्यो ग्रेटर नेपालको पत्र,नेपालको भूमि फिर्ताबारे राजा चार्ल्ससँग मागियो जवाफ

१७ मंसिर,काठमाडौ,सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी हाल इन्डिया र बङ्गलादेशको अधीनमा रहेको ६०००० वर्ग किलोमिटर जमिन नेपाललाई फिर्ता गर्ने दायित्व ब्रिटेन सरकारको हो भन्दै ब्रिटेनका राजा चार्ल्सलाई ज्ञापनपत्र पठाइएको छ । सन् १८१५ डिसेम्बर २ मा ब्रिटेनले नेपाललाई सुगौली सन्धि प्रस्ताव गरेको २०८ वर्ष पुगेको दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले काठमाडौंस्थित ब्रिटेनी राजदूतमार्फत राजा चार्ल्सलाई ज्ञापनपत्र पठाएको हो ।
मोर्चाले पठाएको ज्ञापनपत्रमा सुगौली सन्धिबाट नेपालले धेरै जमिन गुमाएको र थोरैमात्र फिर्ता पाएको उल्लेख गर्दै नेपाल र संयुक्त अधिराज्य ग्रेट ब्रिटेनबीच सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिबाट पूर्वतर्फ मेची र टिस्टा नदीका बीचको दार्जिलिङ र सिक्किम तथा सिलगढी , दिनाजपुर र रङ्गपुरका साथै पश्चिमतर्फ काली नदी र सतलज नदीका बीचको पहाडी र समथर भूभाग एवम् दक्षिणतिर काली नदीबाट पूर्व कोसी नदीसम्मको सम्पूर्ण तराई ब्रिटेनलाई सुम्पिनुपरेकोमा ब्रिटेनले सन् १८१६ डिसेम्बर ११ मा कोसीदेखि राप्तीसम्मको तराई र १८६० नोभेम्बर १ मा राप्तीदेखि कालीसम्मको तराई नेपाललाई फिर्ता गरेपछि नेपालको सिमाना अस्थायी रूपमा मेचीदेखि महाकालीसम्म कायम भएको हो भनिएको छ ।
ज्ञापनपत्रमा सन् १९४७ जुलाई १८ मा ब्रिटेनको संसद्ले पारित गरेको `इन्डियन इन्डिपेन्डेन्स एक्ट’ अनुसार पाकिस्तान र इन्डियाको स्थापना भएको मात्र होइन, नेपालले फिर्ता पाउन बाँकी ६०,००० वर्ग किलोमिटर जमिन पनि स्वतन्त्र भएको हो, तर त्यतिबेला ब्रिटेनले नेपाललाई यो जमिन फिर्ता गरेको कुनै अभिलेख भेटिएको छैन न यो जमिन इन्डियाको हकभोगमा छाडिएको कुनै लिखत उपलब्ध छ । पाकिस्तान र इन्डिया बनेसँगै नेपालले फिर्ता पाउनुपर्ने जमिन कसरी इन्डियाको हातमा पुग्यो ? भन्ने प्रश्न ब्रिटेनसँग गरिएको छ ।
मोर्चाले ज्ञापनपत्रको अन्त्यमा इन्डिया इन्डिपेन्डेन्स एक्ट र ३० अक्टोबर १९५० को सन्धिको धारा ८ बाट नेपालको अधिकारमा आइसकेको सुगौली सन्धिबाट गुमेर फिर्ता हुन बाँकी हाल इन्डिया र बङ्गलादेशमा रहेको ६०००० वर्ग किलोमिटर भूमि फिर्ता गर्न प्रत्यक्ष भूमिका खेल्नुपर्ने दायित्व सोझै ब्रिटिश सरकारको भएको भन्दै दक्षिण एसियामा रहेको अन्तिम उपनिवेशलाई मुक्त गर्न ब्रिटेनका राजासमक्ष माग गरेको छ ।
प्रस्तुत ज्ञापनपत्रको बोधार्थ नेपाल, पाकिस्तान, इन्डिया र बङ्गलादेशका राष्ट्रपतिलाई पनि पठाइएको छ ।
जमिन इन्डिया र बङ्गलादेशको अधीनमा छ, ब्रिटेनले भनिहालेछ भने पनि के हुन्छ र ? भन्ने प्रश्नको फबाफमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भनेका छन् , `हामीले ब्रिटेन, इन्डिया र बङ्गलादेशलाई नैतिक दबाब दिन र यसमार्फत यो विषयको अन्तर्राष्ट्रियकरण गर्न यो ज्ञापनपत्र पठाएका हौँ ।’

  • #ग्रेटर नेपाल #ब्रिटेन # फडिन्द्र नेपाल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

धेरै पढिएको

ताजा समाचार

  • १.
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

  • २.
    कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

  • ३.

  • ४.
    एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

  • ५.
    गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

  • ६.
    चियाको पहिलो टिपाइ सुरु

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2025 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv