७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन् । बुधबार विहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरे भने राप्रपाले ११,००४ मत प्राप्त गरेको छ। गठबन्धन कि ओनसरी घर्ती चौथो स्थानमा रहदै पराजित भएकी छन।
संविधान जारी भएपछि २०७२ देखि २०७४ सालसम्म रूपान्तरित संसदको सभामुख भएकी घर्ती काठमाडौं-२ को चुनावी प्रतिस्पर्धामा चौथो स्थानमा रहँदै पराजित भएकी हुन्।
नेपालको पहिलो महिला सभामुख घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराएकी हुन्।
भारीमतका साथ काठमाडौ २ मा सोबिता विजयी ,अप्रिय हार व्यहोर्दै माओबादीकी ओनसरी चौथो स्थानमा
भारीमतका साथ काठमाडौ २ मा सोबिता विजयी ,अप्रिय हार व्यहोर्दै माओबादीकी ओनसरी चौथो स्थानमा

तपाईको प्रतिक्रिया