• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मन्त्रीले सचिवको गाडीको चाबी खोसेपछि विवाद, कानुनी कारबाहीको माग

‎विराटनगर, भदौ १७ – कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकसँगै खोसेपछि उनको यो हर्कत चौतर्फी आलोचनामा परेको छ।

‎निजामती कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै मन्त्रीले गरेको व्यवहारलाई “अमर्यादित, अपमानजनक तथा अत्यन्त घृणित” भन्दै आपत्ति जनाएको छ। संगठनका अनुसार पदीय शक्तिको दुरुपयोग गर्दै मन्त्री स्वयंले सरकारी सम्पत्तिमाथि जबर्जस्ती अधिकार जमाउन खोज्नु कार्यस्थलमै असुरक्षित वातावरण सिर्जना गर्ने काम भएको छ।

‎

‎संगठनका कोशी प्रदेश अध्यक्ष हरिप्रसाद सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ –

‎“बहालवाला मन्त्रीबाट गरिएको अमर्यादित, अपमानित तथा अत्यन्त घृणित व्यवहारले कर्मचारीको मनोबलमा ह्रास आएको छ। कार्यस्थल सुरक्षित रहने प्रत्याभूति समेत कमजोर भएको छ। यस्तो घटना निन्दनीय र भर्त्सना योग्य छ।”

‎

‎कानुनी दृष्टि

‎

‎कानुनविद्हरूका अनुसार मन्त्री हाङ्गामको व्यवहारले विभिन्न कानुनी प्रावधान उल्लङ्घन गरेको देखिन्छ।

‎

‎दण्ड संहिता, २०७४ ले जबर्जस्ती र अपमानजनक व्यवहारलाई दण्डनीय अपराध मानेको छ।

‎

‎भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार पदीय शक्तिको दुरुपयोग गरी सरकारी सम्पत्तिमाथि अनुचित कब्जा गर्ने कार्यलाई भ्रष्टाचारजन्य अपराध मानिन्छ।

‎

‎संविधानको धारा २३९ बमोजिम गम्भीर आचारसंहिता उल्लङ्घन गरेको ठहर भएमा मन्त्रीलाई प्रदेश प्रमुखमार्फत पदमुक्त गर्न सकिने प्रावधान छ।

‎

‎

‎सार्वजनिक क्षमायाचनाको माग

‎

‎संगठनले मन्त्रीलाई तत्काल सार्वजनिक रूपमा क्षमायाचना गर्न र भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउन प्रदेश सरकारसँग जोडदार माग गरेको छ।

‎

‎यस घटनाले प्रदेश सरकारको राजनीतिक छवि मात्र होइन, कर्मचारी–मन्त्री सम्बन्धमा समेत गहिरो अविश्वास पैदा भएको भन्दै सरोकारवालाहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।

‎

‎

‎आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेका हुन् । सचिव पाण्डेले आफ्नो गाडीको चाबी खोसिएको स्वीकार गरेका छन् ।

‎

‎मुख्यमन्त्रीसँग छलफलका लागि पुगेको र छलफल सकेर निस्कन खोज्दा गाडी नदेखेपछि सवारी चालकलाई आफूले फोन गरेर सोध्न खोज्दा चालकको समेत फोन ‘अफ’ रहेको सचिव पाण्डेको भनाइ छ ।

‎

‎पछि बुझ्दा मन्त्रीको दबाबमा चाबी खोसिएको थाहा भएको उनले जनाए । त्यहाँबाट आफूले मोटरसाइकल बोलाएर मन्त्रालयमा आएको उनको भनाइ छ ।

‎

‎मन्त्री हाङ्गाम र सचिव पाण्डेबिच लामो समयदेखि द्वन्द्व चलिरहेको मन्त्रालय स्रोत बताउँछ । मन्त्रीले करारका ड्राइभर हटाउने र आफ्ना मान्छे नियुक्त गर्ने प्रयास गरेका थिए, जसलाई सचिवले अस्वीकार गरेको जनाइएको छ ।

‎यस्तै झापामा कर्मचारीबारेको विवादमा पनि मन्त्री र सचिवबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा सचिव पाण्डेको केही समय अगाडि सरुवा भएको थियो । यद्यपि सचिव पाण्डेको सरुवा थमौती भएको छ ।

‎

‎त्यही झोकमा मन्त्रीले चाबी खोसेको मन्त्रालयका कर्मचारी बताउँछन् । ‘मन्त्रीले यो मेरो राज्य भन्दै कर्मचारीलाई थर्काउने र दादागिरी देखाउने गरेका छन्,’ एक कर्मचारीले भने, ‘अब हामी सहन सक्दैनौँ ।’

‎

‎सचिव पाण्डेले यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी दिएको बताइएको छ । यस्तै झापामा कर्मचारीबारेको विवादमा पनि मन्त्री र सचिवबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा सचिव पाण्डेको केही समय अगाडि सरुवा भएको थियो । यद्यपि सचिव पाण्डेको सरुवा थमौती भएको छ ।

‎सचिव पाण्डेले यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी दिएको बताइएको छ ।

‎

‎यस्तै झापामा कर्मचारीबारेको विवादमा पनि मन्त्री र सचिवबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा सचिव पाण्डेको केही समय अगाडि सरुवा भएको थियो । यद्यपि सचिव पाण्डेको सरुवा थमौती भएको छ ।

‎

‎त्यही झोकमा मन्त्रीले चाबी खोसेको मन्त्रालयका कर्मचारी बताउँछन् । ‘मन्त्रीले यो मेरो राज्य भन्दै कर्मचारीलाई थर्काउने र दादागिरी देखाउने गरेका छन्,’ एक कर्मचारीले भने, ‘अब हामी सहन सक्दैनौँ ।’

‎

‎सचिव पाण्डेले यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश
रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी
कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv