• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

शर्माको पक्षमा माहौल बढेसँगै टिममा बस्न चाहनेको लर्को

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्माको पक्षमा माहौल बढ्दै गएपछि उनलाई सबैलाई मिलाएर लैजान टिम व्यवस्थापनमा चुनौती थपिएको छ । अर्का प्रतिस्पर्धीहरु डा बद्री केसी र महेश श्रेष्ठको टिममा रहेका भनिएका उम्मेदवारहरू समेत पछिल्लो समय आरकेको टिममा जान चाहेपछि व्यवस्थापनमा चुनौती थपिएको हो । आरकेको पक्षमा दिनहुँ माहौल बढ्दै गएपछि चुनाव जित्न सहज हुने अपेक्षाका साथ विभिन्न पदका उम्मेदवारले आरकेको टिममा जान पहल थालेका हुन् । त्यसका लागि आरकेसहित, चुनावी कमाण्डर डीबी क्षेत्री र शनिकुमार ओलीलगायतसँग उनीहरूले निरन्तर सम्पर्क बढाइरहेका छन् ।

आरके टिममा हालसम्म उपाध्यक्ष करिब टुंगिएको अवस्था छ भने अन्य पदमा केही उम्मेदवार टुंगो लागेपनि कतिपय फाइनल गरिसकेको छैन। यहीबीचमा उम्मेदवारहरूको लर्को लाग्न थालेपछि व्यवस्थापनमा चुनौती थपिएको आरकेको सचिवालयले जनाएको छ । आरके टिमबाट एमाले निकट मानिएका धर्मराज अधिकारीले टिकट दिन निरन्तर आग्रह गर्दै आएका छन् । जबकि उनलाई बद्री केसी टिमका बलियो उम्मेदवारको रुपमा हेरिएको थियो । यस्तै उपाध्यक्ष पदमै गणेश केसी आरकेको टिममा आउन चाहेका छन् भने महासचिवमा पनि विभिन्न पात्रहरुले चासो देखाइरहेका छन् ।

 

बद्रीको टिमबाट महासचिव बनेका गौरी जोशीका साथै महेशको टिमका बुद्धि सुबेदीले पनि लबिङ गरेका छन् । तर, आरके टिमले अहिलेसम्म महासचिव फाइनल गरेको छैन । यस्तै उपाध्यक्षमा पनि सोम सापकोटा, सन्तोष भट्टराई, कृष्ण गिरी प्रमोद सिटौलालगायतले लबिङ गरिरहेका छन् । यसबाहेकका पदमा पनि उस्तै लबिङ रहेकाले अब कसरी सबैलाई मिलाएर जाने भन्नेमा आरके टिम आन्तरिक छलफलमा रहेको बुझिएको छ ।

आरकेको टिममा करिब ६० प्रतिशत कांग्रेस निकटका उम्मेदवार रहेका छन् भने विभिन्न देशमा सक्रिय एनसीसीका अध्यक्षहरु पनि आरकेकै पक्षमा खुल्न थालेका छन् । उसो त क्षेत्रीय संयोजक पदमा आरके समूहको सहयोग बिना चुनाव जित्न सजिलो नहुने भएपछि विभिन्न देशमा आरकेको महत्त्व थप बढ्नुका साथै यसका लागि सहकार्य पनि हुने भएको छ । जसका कारण आरकेलाई युरोप र अमेरिकालगायतका देशबाट राम्रो भोट आउने आँकलन गरिएको छ । एनआरएनएमा कांग्रेसको समर्थनमा महेश श्रेष्ठले उम्मेदवारी दिएपनि ठूलो संख्यामा उम्मेदवार आरकेतिरै रहेका छन् । यस्तै बद्रीको टिममा भने एमाले निकटको बोलबाला छ ।

आरके शर्मालाई कतिपयले माओवादी निकट भनेर आरोप लगाएपनि उनी स्वयम्ले भने आफूलाई सबै दलको समर्थन रहेको बताउँदै आएका छन् । उनको टिममा सबै पार्टीको समर्थन र उम्मेदवारको आकर्षणले पनि उनको दाबीमा बल पुगेको छ । आरकेको टिमबाट हालसम्म उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), राजु रेग्मी (राज), विजय मोक्तान, अभिमानसिंह बस्नेत, शशीकान्त पौडेल उम्मेदवार टुंगिएका छन् । यस्तै युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवार छन् ।

यसैगरी उपमहासचिव पदमा प्रविन गुरुङ, सचिवमा मनोज कुमार गुरुङ (गोर्खाली), टंक गैरे, रामसी पोखरेल, कोषाध्यक्षमा ठाकुर ढुंगाना, महिला संयोजकमा देविका केसीको शर्मा टिमबाट उम्मेदवारी रहने निश्चित भएको छ । यस्तै सहकोषाध्यक्ष (महिला) मा तृष्णा काफ्ले (शर्मा) को उम्मेदवारी रहनेगरी टुंगिएको छ । हालसम्म सो टिमबाट आरकेले शुक्रबार नै उम्मेदवारी दर्ता गराइसकेका छन् । यस्तै रोविन्द्र श्रेष्ठ, अभिमानसिंह बस्नेत, खगेन्द्र न्यौपाने, राज रेग्मी, मनोज गोर्खाली, ठाकुर ढुंगानालगायतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । बाँकी उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv