• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

स्थानियमाथी कुटपिट गर्ने गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

इलाम – स्थानियमाथी कुटपिट गरेको आरोपमा इलामको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत चैत १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट गरेको उजुरीका आधारमा उपाध्यक्ष राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै खड्काले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेपछि उपाध्यक्ष राई आफैं प्रहरीमा आत्मसर्मपण गर्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान गरिनेछ । पालिकाका अध्यक्ष श्रेष्ठसँग आन्तरीक छलफल भइरहेको समयमा पालिकाकी उपाध्यक्ष राई एक्कासी प्रवेश गरी गाली गलौज गर्दै खड्कामाथि आक्रमण गरेको पीडितको उजुरीमा छ । घटनापछि तत्काल कानुनी कठघरामा ल्याई कारबाही गर्न र उचित न्याय दिनुपर्ने भन्दै खड्काले प्रहरीमा उजुरी दिएका थिए ।

गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा राईले खड्कामाथि कुटपिट गरेको स्थनीयहरू बताउँछन् । राईले भने चुनावको मुखमा अरूका कमजोरी आफूमाथि लाद्ने प्रयास गरिएको र अश्लील शब्दसमेत प्रयोग गरिएकाले आफूले प्रतिकार गरेको बताइन् ।

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाहरूबाट आवेदन आह्वान गरेको थियो । कोरिया जान चाहने ४ सय ७७ युवाले गाउँपालिकामा आवेदन दिएका थिए ।

तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तुष्ट समूहले विरोध जनाउँदै आएको थिए । असन्तुष्ट समूहले पालिका कार्यालय तोडफोडसमेत गरेका थिए ।

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष राई, वडाध्यक्षहरू र असन्तुष्ट युवाहरूबीच चैत १८ गते वार्ता भएको थियो । वार्तामा सहमति हुन नसकेपछि दुवै पक्ष अर्को चरणको वार्ता गर्नेगरी बाहिरिएका थिए । अर्को चरणको वार्ता सुरु हुनुअघि उपाध्यक्ष राईले खड्कालाई अनुहारमा मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

  • vrikuti tv
  • vrikutionlinetv
  • अध्यक्ष
  • इलाम
  • उपाध्यक्ष
  • फाकफोकथुम गाउँपालिका
  • रामकुमार श्रेष्ठ
  • सरस्वती राई
  • स्थानियमाथी कुटपिट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv