• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

सुन तस्करीमा राजनीतिको जलप

नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन।

बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्। पछिल्लोपटक भारत लैजाने तयारीमा रहेको करिब सय किलो सुन बुधबार काठमाडौंको सिनामंगलबाट बरामद भए पनि राजनीतिको जलप लगाइएका कारण यसका वास्तविक खेलाडी पत्ता लाग्ने सम्भावना न्यून छ।

विगतदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर तेस्रो मुलुकबाट अवैध रुपमा ल्याइने सुन भारत जाने गरेको छ। सुन तस्करी खुला सत्य भए पनि मौसमी रुपमा मात्र चर्चामा आउँछ। यसपटकको सुन बरामद पनि संयोग मात्र हो वा नियोजित, अझै खुलिसकेको छैन।

केही दिनअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर आएका नवराज ढुंगानाले सुन तस्करीको सूचना सम्बन्धित निकायलाई दिए पनि कोही समातिएका थिएनन्। संयोगले यही विभागको सक्रियतामा बुधबार सुन बरामद भएको छ।

आफू विभागमा आउनुअघि नै सुन तस्करीबारे सूचना पाएका उनले यसबारे सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन्। तैपनि यसमा कुनै कारबाही भएको थिएन। उनले त्यतिबेला भन्सार विभाग, विमानस्थल भन्सार कार्यालय, गृह मन्त्रालय र त्यस मातहतका निकायलाई पनि खबर गरेका थिए।

तर उनी आफैं विभागको महानिर्देशक भएपछि मात्रै ठुलो परिमाणमा सुन बरामद भयो। प्रधानमन्त्री कार्यालयमा रहेका उनलाई गत असारमा मात्रै विभागको महानिर्देशक बनाइएको थियो। उनी महानिर्देशक भएपछि उनलाई आएको सूचना पुष्टि हुनेगरी मंगलबार साँझसम्म विमानस्थलमा ठूलो परिणाममा सुन आएको पत्ता लाग्यो र अप्रेसन सुरु भयो।

हङकङबाट काठमाडौंस्थित रेडी ट्रेडर्सका नाममा उक्त सुन ल्याइएको थियो। सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको बताइए पनि उनी को हुन् भन्नेबारे अन्योल छ। सुन तस्करीमा संलग्न संगठित गिरोहमा विभिन्न पार्टीका उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो हुनसक्ने अनुमान गरिएको छ। सुरक्षा अधिकारीहरू पनि राजनीतिक संरक्षण र सहयोगबिना यतिधेरै परिमाणमा सुन तस्करी गर्नसक्ने हिम्मत कोही कसैमा नहुने दाबी गर्छन्।

पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणबाहेक सुन तस्करीमा राजनीतिक नेतृत्व संलग्न भएको पुष्टि प्रहरी र राजस्व अनुसन्धान विभागले गर्न सकेको अवस्था छैन। तर पनि विभिन्न समयमा बनेका आयोग र प्रतिवेदनमा भने राजनीतिक दल निकट नेता कार्यकर्ता सुन तस्करीमा संलग्न रहेको तथ्य कायमै छ।

पछिल्लोपटक तस्करले हङकङबाट काठमाडौं सुन ल्याए पनि यसमा कोको संलग्न छन् र यति ठुलो परिमाणको सुन कसले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले बताए। ‘अनुसन्धान भैरहेको छ। भर्खर सुन बरामद भएको छ। मान्छे पक्राउ गर्ने र अनुसन्धान गर्ने काम भैरहेको छ’, उनले नागरिकसँग भने। उनले सुन तस्करीमा राजनीतिक संलग्नता भएनभएको अनुसन्धानबाटै खुल्ने जानकारी दिए। नागरिक दैनिकबाट

  • सुन काण्ड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District

Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv