• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार २१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कांग्रेसले केन्द्रीय केन्द्रीय कार्य समितिका निर्णय आज सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ। पुस १२ गते सुरु भई तीन दिन चलेको बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा हुनेछ। पौडेलका अनुसार बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।

बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको गरेको छ।

केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभामा अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी उम्मेदवारको मापदण्ड बनाउने निर्णय गरेको छ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको, सरकारले जनतालाई सुशासनको प्रत्याभूति हुने खालका सेवा प्रदान गर्न नसकेको टिप्पणी भएको नेताहरुले बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    कृषि मन्त्रीको कामबाट प्रधानमन्त्री रुष्ट, प्रधानमन्त्री आधुनिक कृषि परियोजनाबाट नाम हटाउने निर्देशन
    कृषि मन्त्रीको गुनासो कृषिमा आधुनिकीकरणका नाममा गुणस्तरहिन प्रविधि किन ?

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv