• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
शनिबार, असार २१, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी

एजेन्सी । टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । स्थानीय समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो ।

जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको छ । जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ।

अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई रनवेमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुनसक्ने बताएको छ।

केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। यसमा रनवेमा उभिएको विमानसँग ठोक्किएपछि अर्को विमान अगाडि बढ्छ । यसै क्रममा दुवै विमानमा ठूलो आगो लागेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार धावनमार्गमा पार्क गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुनसक्छ । रोयटर्सले कोस्ट गार्डलाई उद्धृत गर्दै भनेको छ कि उनीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्।

जापान एयरलाइन्सका प्रवक्ताले उक्त विमान होक्काइडोको शिन(चितोसे विमानस्थलबाट उडेको बताए ।

जापान एयरलाइन्सको विमानमा आगलागीको पहिलो तस्वीर
अहिले यो दुर्घटनाको दृश्य बाहिर आएको छ । जापानको सरकारी प्रसारक एनएचकेले अधिकारीहरूलाई उद्धृत गर्दै हानेडा विमानस्थलमा पार्किङ गरिएको अर्को विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुन सक्ने बताएको छ।

जापान एयरलाइन्सको उडानमा धेरै यात्रुहरूले प्रश्न उठाएको पनि रिपोर्टहरू छन्। तर, यसबारेमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।

तर दुर्घटनाका तस्विर र भिडियोमा विमानमा ठूला ठूला आगो निस्केको देखिन्छ । झ्यालबाट आगो र धुवाँ उठिरहेको देखिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस
    कृषि मन्त्रीको कामबाट प्रधानमन्त्री रुष्ट, प्रधानमन्त्री आधुनिक कृषि परियोजनाबाट नाम हटाउने निर्देशन
    कृषि मन्त्रीको गुनासो कृषिमा आधुनिकीकरणका नाममा गुणस्तरहिन प्रविधि किन ?

    धेरै पढिएको

    ताजा समाचार

    • १.
      कृषियोग्य जमिनलाई गैरकृषिमा परिणत गर्न नमिल्ने गरी विशेष कानुन तर्जुका लागि सिफरिस

    • २.
      कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

    • ३.

    • ४.
      एनएमबी बैंकले माग्यो २० जना ‘म्यानेजमेन्ट ट्रेनी’

    • ५.
      गभर्नरको उम्मेदवार बन्न बैंकबाट राजीनामा दिएको हुँ– ज्ञानेन्द्र प्रसाद ढुंगाना

    • ६.
      चियाको पहिलो टिपाइ सुरु

    हाम्रो बारेमा

    राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
    www.hamrokishantv.com

    स्थायी लेखा नं.: 609569986
    मुख्य कार्यालय
    Balkhu, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    9851333100

    ईमेल
    hamrokishantelevision@gmail.com

    हाम्रो टीम

    सम्पादक
    कामराज पन्त (सुमन)

    मार्केटिङ
    दुर्गा श्रेष्ठ

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2025 HamrokishanTv | All rights Reserved.
     Website By :  HamroKishanTv