• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, फागुन १९, २०८२
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

सुदूरपश्चिम । घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आएका उनी दुई वर्षदेखि पावरटिलरले खनजोत गर्न पाउँदा खुसी छन् । उनले भने, ‘ट्र्याक्टर, पावरटिलर जस्ता कृषियन्त्रको प्रयोगले खनजोतको काम छिटोछरितो भई काम गर्न निकै सहज भएको छ, घरमा खेतीको कामका लागि गोरु र राँगा पाल्नुपर्ने झन्झट पनि अब हटेको छ ।’कृषियन्त्रले खनजोत गर्दा बालीहरुको उत्पादन र उत्पादकत्व पनि सन्तोषजनक रहेको उनले बताए। आफ्नो खनजोत गर्ने काम सकेर छरछिमेकीको खेत जोत्ने काम पाउँदा ट्र्याक्टर र पावरटिलरवालाले आम्दानी पनि गरिरहेको कैलाली गोदावरी नगरपालिकाका सुभाष चौधरी बताउँछन् । ‘आफ्नो घरमा रहेको गोबर ग्यासमा प्रयोग गरिने गोबरका लागि मात्रै गोरु र राँगा पाल्नुपर्ने बाध्यता छ’, उनले भने, ‘खेतमा खनजोत गर्नेलगायत सबै काम अब ट्र्याक्टर र पावरटिलरबाट गर्ने गरिएको छ ।’

कतिपय किसानले खेतीको काम सकेपछि मालसामान ढुवानीको काममा पनि यी कृषियन्त्रको प्रयोग गर्ने गरेका छन् । धनगढी उपमहानगरपालिका–१३ का ७४ वर्षीय अर्का किसान ललितसिंह राना खेती गर्दा आफूले बाल्यकालमा कठिन परिश्रम गर्नुपरेको बताउँदै उनले भने, ‘उतिबेला गोरुको सहायतामा कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, सबै चीजको सुविधा पुग्दा अहिलेका किसान भाग्यमानी छन् ।’

प्रदेश सरकार र स्थानीय पालिका सरकारले ५० प्रतिशत अनुदानमा किसानलाई पावरटिलरलगायत कृषियन्त्र उपलब्ध गराउँदै आएको छ । कृषियन्त्रको प्रयोग र उन्नत बीउको प्रयोग गर्नेहरु बढेसँगै कृषि उपजको उत्पादन पनि पहिलेको तुलानामा बढेको मात्र नभई कृषियन्त्र प्रयोग गर्दा समयको बचत भई परिश्रम कम लाग्ने गरेको किसानहरुको अनुभव छ ।

उनले भने, ‘घरमै राखिएको स्थानीय जातको बीउको प्रयोगले प्रतिबिघा जग्गामा मुस्किलले आठ÷दश क्विन्टल धान फल्थ्यो, राम्रोसँग खनजोत हुने र उन्नत बीउको प्रयोगले २० क्विन्टलसम्म फलेको देखिएको छ ।’

कृषि निर्देशनालयको तथ्याङ्कमा पनि कृषि उपज धान र गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको जनाइएको छ । बालीहरुको उत्पादन र उत्पादकत्व वृद्धि भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशवाट आयात भइरहेको तथ्याङ्क छ ।

समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा पटकपटक देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने कृषिक्षेत्र प्रभावित भइरहेको किसानको अनुभव छ । कृषक सुभाषले भने, ‘गाउँभरिका पाँच/छ घरबाहेक सबैका घरमा पावरटिलर छ, पावरटिलर नभएको घरमा ट्र्याक्टर, धान तथा गहुँ झार्ने (थ्रेसिङ) गर्ने मेसिन छ, सबैले यी कृषियन्त्र नै प्रयोग गर्छन्, हलो जोतेर खेती गर्ने समय अब हराउँदैछ ।’

बर्सेनि मौसममा आउने परिवर्तनका कारण भने आफ्नो बाली जोगाउन हैरानी खेप्नुपरेको किसनको भनाइ छ । ललितले भने, ‘मौसमको समस्या भने अहिलेको जस्तो उहिले थिएन, उतिबेलाको समयमा हिँउदेयाममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरीको समस्या थिएन ।’

खेती गर्दा चाहिएको बेला रासायनिक मल नपाउने किसानको अर्र्को समस्या पनि छ ।  मुख्य खाद्यान्न बालीका रुपमा किसानले धान र गहुँ बालीको खेती गर्दै आएका छन् । कृषि उपजको उत्पादन गरेर हुने आम्दानीबाट किसानले जीविका चलाउने गरेका छन् । आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज कृषकले घरमै भण्डारण गरी बढी भएको धान व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश सरकारको अभियान’ भन्ने नारासहित चालु वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई मुख्य प्रथमिकता दिएको छ । कृषिको उत्पादन लागत घटाई आम कृषकको आम्दानी वृद्धि गर्नमा टेवा पुर्याउन कृषकलाई कृषि ऋणको व्याज र विद्युत् महसुलमा सहुलियतको व्यवस्था पनि गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

धेरै पढिएको

ताजा समाचार

  • १.
    Đầu Đít Câm Đánh Con Gì? Gợi Ý Chuẩn Xác Cho Bet Thủ FUN88

  • २.

    Tiến độ & quy mô tòa tháp đôi 40 tầng trong Marina Bayfront District


  • ३.
    Review chi tiết: Nhà Cái Uy Tín 2025 có đáng để đầu tư thời gian?

  • ४.
    तरकारी र फलफूलको भन्सार बिन्दुमै अनिवार्य विषादी परीक्षण गर्न सर्वोच्चको परमादेश

  • ५.
    Chung Cư Sun Elite City Hạ Long Ngôi Nhà Nghỉ Dưỡng Trọn Vẹn Nhất

  • ६.
    रासायनिक मलमा अब ‘अनलाइन सिस्टम’ बाट ल्याइने कृषिमन्त्री डा. पमदन परियारको तयारी

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv