नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको वडामा वडा अध्यक्ष पदमा नेकपा एमालेका उमेद्वार कञ्चन तामाङ सहित नेकपा एमालेको प्यानलै बिजयी भएको छ।
झापाको मेचीनगर नगरपालिका वडा नं ९ मा नेपाली काँग्रेस नेकपा माओबादी केन्द्र सहितको पाँच दलिय गठबन्धनलाई चुनौती दिदै एमालेको प्यानलले भारिमतका साथ बिजय हासिल हो ।
झापामा पाँच दलिय गठबन्धन नराम्रो सँग पराजित भएको स्थानीय निकायहरू मध्ये शर्माको गृहनगर मेचीनगर पनि देखिएको छ। एमालेका मेयर गोपाल बुडाथोकी र उपमेयर मिना उप्रेतीले भारी मतका साथ अग्रता कायम गरेका छन्। नगरका बहुमत वडाहरुमा वडा अध्यक्ष सहित एमालेले प्यानलै हात पारीसकेको छ।
मेचीनगरमा एमालेले कब्जा जमाए संगै आगामी संघीय चुनाबमा नेपाली काँग्रेसका महामन्त्री समेत रहेका विश्व प्रकाशको निर्वाचन क्षेत्र कता होला ? भन्ने बहस पनि सुरु भएको छ।
अनपेक्षित हार बेहोरेको गठबन्धन भित्र अहिले तिब्र अन्तरद्वन्द र अन्तरघातका आरोप प्रत्यारोप चलिरहेको छ भने उता एमालेले हर्सोल्लासका साथ मेचीनगरमा विशाल बिजय जुलुस निकाल्ने तयारी गरिरहेको समेत जानकारी प्राप्त भएको छ।