१५ फागुन,काठमाडौँ। नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजे भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ।
अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ। किन र के कारणले बिष सेवन गरिन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।