“नेपाली काङ्ग्रेसको महासमिति बैठकबाट हिन्दुराष्ट्रको मुद्दालाई राजनीतिक र प्रशासनिक रुपमा अगाडि बढाउन चाहेको भारतले आफ्नो चाहना पुरा गर्न नसकेपछि प्रचण्डलाई गठबन्धन तोडाएर भारतले काङ्ग्रेसलाई दण्डित गरेको हो। यो मदारीको खेल हो काङ्ग्रेसले यो कोर्ष बदले लगत्तै यो गठबन्धन दुई चार महिनामा फेरि तोडिन्छ।”
– राधाकृष्ण मैनाली
बामपंथी नेता तथा पूर्वमन्त्री
“प्रचण्डले गठबन्धन फेर्नु अनुमान बाहिरको अप्रत्याशित घट्ना हो। सत्ता प्राप्त हुँदा हुँदै यस्तो निर्णय कसरी भयो भन्ने जिज्ञासा स्वभाविक छ । तर यस्तो तल्लो स्तरको अस्थिर खेल जनचाहना र चासोको विषय होइन। भारतले काङ्ग्रेसलाई दण्डित गर्नु पर्ने त्यस्तो कुनै कारण छैन। सत्य के हो भन्ने खुल्न केही दिन पर्खनै पर्छ।”
– प्रो.डा.सुरेन्द्र केसी
विष्लेषक
“नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकले हिन्दुराष्ट्रबारे उठाएको बहस र सभापति शेरबहादुर देउवाले हिन्दुराष्ट्रबारे सोच्न सकिने बताए पछि काङ्ग्रेससँग रिसाएको अमेरिकाले प्रचण्ड,ओलीको समीकरण बनाएर काङ्ग्रेसलाई दण्डित गरेको हो। यसो हुनुमा काङ्ग्रेस भारत अनुकुल शक्ति बन्न पुगेको अमिरिकी बुझाइले काम गरेको देखिन्छ।”
-विष्णु भट्टराई
वरिष्ठ अधिवक्ता तथा विष्लेषक
“चीन घेर्ने अमेरिकी रणनीतिले तिब्रता पाएसँगै चीन र रूसले नेपालभित्र एकसाथ काम गरिरहेका छन् । चीनसँग सिमा जोडिएका देशहरुमध्ये सबैभन्दा कमजोर र सुरक्षा चुनौती नेपाल नै बनेको चिनियाँ बुझाइ पुरानै हो। यही संवेदनशीलताबाट चीनले नेपाल नीति बदलेको कुरालाई सत्ता निर्माणबाटै सन्देश दिएको छ। नयाँ गठबन्धन चीनको विजय हो ।”
– प्रो.पी.खरेल
विष्लेषक