• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, बैशाख २९, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

अध्यादेश विरुद्ध अनेरास्ववियु आक्रोशित, असंवैधानिक कदमका विरुद्ध सडकमा उत्रने अध्यक्ष बरालको चेतावनी

मंसिर २६ गते । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले राष्ट्रपतिसमक्ष पेश गरेको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ फिर्ता लिन माग गरेको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले नयाँ जनादेश आइसकेको अवस्थामा बदनीयतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताएकी छन् । ‘देश प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी नयाँ जनादेश प्राप्त संसद्‌को शपथग्रहण तथा प्रथम बैठकको सम्मुखमा उभिएको छ। यस्तो अवस्थामा निर्वाचन सम्पन्न गर्ने एक मात्र जिम्मेवारी प्राप्त कामचलाउ सरकारले २०७९ मङ्सिर २५ गते अपराध संहिता संशोधन गर्ने गरी ल्याएको अध्यादेश प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

उनले केही दिनभित्र नयाँ संसदको पहिलो बैठक बस्ने अवस्थामा काम चलाउ सरकारले अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी खेलको सुरुवात भएको बताएकी छन्। ‘जसले  खुलेआम नयाँ जनादेशको मर्म र नयाँ संसद्को अधिकार मिच्ने प्रयास गरेको छ,’ उनले भनेकी छन् ।

ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने निणर्यले संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको बताउँदै अध्यक्ष बरालले सरकारको कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको ठहर गरेकी छन् ।

तसर्थ राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्ने गरी मन्त्रिपरिषद्को बैठकबाट गरिएको  गैरसंवैधानिक  राजनीतिक निणर्यले कानुनसँग अन्तरविरोध राख्ने मुद्दालाई कानुन संशोधन गरी खारेज गर्ने उद्देश्यले ल्याइएको उक्त अध्यादेश सत्तारोहणको लागि बहुमत जुटाउन गरिएको लज्जास्पद निणर्य हो भन्ने अनेरास्ववियुको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ विगतमा जम्बो मन्त्रिमण्डल बनाएर बदनामी कमाएका सत्ताका माहिर खेलाडी देउवाले सांसद् किनबेच गरेर, राजाको बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाउने, परमादेशबाट सरकार निर्माण गर्ने जस्ता अनेकन हर्कत गरेर सत्तामा पुग्ने सफल देउवा पुनः यस पटक संविधान विरोधी दण्डहीनतालाई प्रश्रय दिँदै संसद्को अधिकार क्षेत्रमा प्रहार गर्ने अध्यादेश ल्याई पुनः एक पटक कलङ्कित बनेका छन् ।’

अनेरास्ववियु जनविरोधी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । उनले अन्यथा अनेरास्ववियु जनविरोधी कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिएकी छन् ।

  • #सुनिता बराल #अनेरास्ववियु #एमाले #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म
मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र
नेपाली किसानहरुका लागि खुसीको खबर : बालेनको अर्को प्रभावकारी कदम, रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय ।

धेरै पढिएको

  • १.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

ताजा समाचार

  • १.
    बालेन बजेट : कृषिमा कायापल्ट गर्दे ०८३/८४ को नीति तथा कार्यक्रममा किसान केन्द्रमा : बीमादेखि डिजिटल भुक्तानीसम्म

  • २.
    मुक्तिनाथ कृषि कम्पनीको चरम लापरबाही: बुटबलमा करोडौंको बधशाला अलपत्र

  • ३.
    नेपाली किसानहरुका लागि खुसीको खबर : बालेनको अर्को प्रभावकारी कदम, रासायनिक मल आपूर्तिमा महत्वपूर्ण निर्णय ।

  • ४.
    सिमलखेतमा स्वरोजगारको उज्यालो: बाख्रा–कुखुरापालन तालिमले दलित समुदायमा आशा जगाउँदै

  • ५.
    बालेन सरकारले गरे कृषिमा अर्को ‘बोल्ड धमाका, बाली रोप्नुअघि नै मूल्य तोकिने,कृषिमन्त्री गीता चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

  • ६.
    नीति कागजमै सीमित, कृषिमा उद्योग जोड्ने बहस फेरि चर्कियो

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv