• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
मङ्गलबार, असार २३, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

काठमाडौ। सरकारले कृषि क्षेत्र विकासका लागि एकै वर्ष ३२ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरे पनि त्यसको प्रभावकारी उपयोग र न्यायोचित वितरणमा गम्भीर कमजोरी देखिएको छ।

महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न १२ वटा अनुदान कार्यक्रममार्फत कुल ३२ अर्ब १३ करोड ७९ लाख रुपैयाँ खर्च गरे पनि अपेक्षित नतिजा कमजोर रहेको औँल्याएको छ।

प्रतिवेदनअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार अनुगमन र वार्षिक मूल्यांकन हुनुपर्ने व्यवस्था भए पनि मन्त्रालयले त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन।

संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै अनुदान कार्यक्रम सञ्चालन गर्दा एकीकृत अभिलेख नहुँदा दोहोरो अनुदान लिने जोखिम बढेको महालेखाले चेतावनी दिएको छ।

किसान सूचीकरण र परिचयपत्र वितरण कार्य अझै अपूरो हुँदा पहुँचवालाले मात्र अनुदानमा लाभ लिने अवस्था बनेको र वास्तविक साना तथा सीमान्तकृत किसान वञ्चित भइरहेका छन्।

प्रतिवेदनले तीन तहबीच समन्वय अभावका कारण अनुदानको वास्तविक प्रभाव मूल्यांकन हुन नसकेको उल्लेख गरेको छ। राज्यकोषबाट अर्बौं खर्च भए पनि कृषि उत्पादन र उत्पादकत्वमा अपेक्षित सुधार नदेखिनु गम्भीर प्रश्न बनेको छ।

महालेखाका अनुसार कुल अनुदानमध्ये ८३.५१ प्रतिशत रकम रासायनिक मल खरिदमै खर्च भएको छ, जसले अन्य कृषि विकास कार्यक्रमको प्रभावकारिता र पारदर्शितामाथि समेत प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत
संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

धेरै पढिएको

ताजा समाचार

  • १.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • २.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ३.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ४.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ५.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

  • ६.
    कृषि अनुदानमा ३२ अर्ब खर्च, एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv