• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, असार २५, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

उपाध्यक्षमा डा.केशव पौडेलको उम्मेदवारी दर्ता, विभिन्न देशका प्रतिनिधिद्वारा साथको प्रतिबद्धता

गैरआवासीय नेपाली संघका महासचिव डा। केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्ष उम्मेदवार महेश श्रेष्ष्ठलाई सघाउँदै पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । आईतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।


उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार र गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताए । उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि प्रतिबद्धता जनाए ।

डा।पौडेलको उम्मेदवारीलाई विभिन्न क्षेत्रबाट सहयोग र समर्थन मिलिरहेको छ । एनआरएनए अमेरिका र आईसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका पौडेललाई उपाध्यक्ष पदमा आफूहरुको साथ र समर्थन रहने अमेरिकाका कृष्णजीवि पन्थले बताए । फ्रान्सकी गीता थापाले बोलीभन्दा व्यवहारिक नतिजामुखी कामका कारण पौडेललाई साथ रहेको बताइन् ।


‘मैले अहिलेसम्म गरेका कामका कारण सबै एनआरएनएहरूले मूल्याङ्कन गर्नुहुन्छ भन्ने लागेको छ । एनसीसी अमेरिकाको दुई कार्यकाल अध्यक्ष हुँदा, आइसीसीको महासचिव हुँदा मैले जे कुरा बोलेको छु, ती कुराहरू अत्यन्त राम्रोसँग कार्यान्वयनको कोसिस गरेको छु । यसमा हाम्रा एनआरएनएहरूले मूल्याकंन गर्नुहुनेछ र त्यो गर्दाखेरी मत दिन नपर्ने केही कारण छ जस्तो मलाई लाग्दैन ।

 

मैले गरेका कामहरू, मैले गरेका कम्पिल्मेन्टहरु, एनआरएनएका क्षेत्रमा गरेका योगदानहरु गुगलनै गरेर हेर्नुभयो भने पनि भेट्नु हुनेछ । त्यसको आधारमा सकारात्मक मूल्याङ्कन गरेर भोट दिनु हुन्छ र मैले जित्छु भन्ने मलाई लाग्छ’, डा .पौडेलले भने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv