• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

एनआरएनए अध्यक्षमा पुन: रविना थापाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ९एनआरएनए०को आसन्न ११ औँ महाधिवेशनमा हालकी अध्यक्ष रबिना थापाले पुन उम्मेदवारी घोषणा गरेकी छन । आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनमा अध्यक्षका लागि पुनः उम्मेदवारी घोषणा गरेको थापाले बताईन ।
थापाले आफूले सुरु गरेको योजनाहरू पूरा गर्नका लागि पनि अध्यक्षमा आउन चाहेको जनाउदै फेरि पनि अध्यक्ष बनेर आफ्ना बाकी रहेका कार्ययोजनाहरु पुरा गर्ने बताईन । थापाले औपचारिक रूपमा आफ्ना कार्ययोजना र पर्तिबद्दतासहित केही दिनमै उम्मेदवारी घोषणा सार्वजनिक गर्ने बताईन ।
अघिल्लो कार्यकालमा ६ महिना मात्रै अध्यक्ष भएकी थापाले अब अक्टोबरमा हुन लागेको महाधिवेशनमा २ वर्षे पूरा कार्यकालका लागि अध्यक्षका लागि उम्मेदवारी दिने र तेस्को अन्तिम तयारीमा लागेको उनले दावी गरिन ।
एनआरएनएमा अहिले तीन जना अध्यक्ष छन । १८ महिना अघि कार्यकालमा विवाद मिलाउन भन्दै ३ जना अध्यक्ष बन्दा थापा पनि अध्यक्ष बनेकी थिइन ।
सुरुमा कुल आचार्य कार्यकारी अध्यक्ष भएका थिए भने त्यसपछि रविनाले नेतृत्व लिएकी थिइन भने हाल बद्री केसी कार्यकारी अध्यक्ष बनेका छन ।


एक पटकको नेपाली सधैँको नेपाली अभियानलाई अझ सशक्त बनाउन अबको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको जनाउदै थापाले अघिल्लो कार्यकालका पुरा हुन बाँकी योजना कार्यान्वयन गर्न पनि पुन अध्यक्षमा उम्मेदवार दिएको बताईन ।
आफूलाई नेतृत्वमा अघि बढ्न एनआरएनएका अभियन्ता,अग्रज तथा विभिन्न देशबाट गैर आवासीय नेपालीहरुको सुझाव आएकोले उम्मेदवारी दिएको बताइन।
थापाले आफूले सुरुदेखि नै अघि सारेको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने चरणमा पुगेको र आफुसँग अन्य धेरै एजेन्डा रहेकोले त्यही एजेन्डा स्थापित गर्न आफू पुन अध्यक्ष बन्न लागेको बताईन ।
उनले विभिन्न ठुला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर अगाडी बढ्ने बताइन ।

गैर आवासीय नागरिकताको व्यवस्था पछि मताधिकारसहित अरू अधिकारका लागि पनि आफूले पहल गर्ने थापाले बताइन । अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएकी थापाले आफूलाई बिश्वमा रहेका गैर आवासीय नेपालीहरुको ठुलो समर्थन मिलेको जनाऊदै सँस्थालाई राजनितीभन्दा माथी उठाएर अगाडी बढ्नुपर्ने बताईन । रबिना यसअघिको कार्यकालमा निर्वाचित उपाध्यक्ष समेत रहिसकेकी थिईन ।
संघको स्थापनाकाल देखि सक्रिय थापाले संघको विभिन्न निकायमा रहेर काम गरिसकेकी छन ।


सरकारले नागरिकता ऐन संशोधन गर्दै विदेशमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ । संशोधित ऐन अनुसार गृह मन्त्रालयले नयाँ नियमावली तयार गरेर कानुन मन्त्रालयमा पठाउन लागेको जनाएको छ ।
नागरिकता नियमावलीमा गैर आवासीय नेपाली नागरिकता लिन अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गर्न लागिएको छ ।
थापाले हालका उम्मेदवारहरुमध्य आफु अग्र स्थानमा रहेको जनाउदै आफुलाई समर्थन गर्न विश्वमा रहेका सबै गैर आवासीय नेपाली र अभियन्ताहरुलाई आग्रह गरिन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv