• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

कतारबाट एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माको घोषणासभा आज

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३/०२५) को लागि राजेन्द्र कुमार (आरके) शर्माले बुधबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन । विश्वभरका गैरआवासीय अभियन्तासँग छलफलको आधारमा शर्माले कर्मभूमि कतारबाट उम्मेद्वारी दिन घोषणासभा गर्न लागेका हुन् ।

शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहास्थित रयाडिसन ब्लु होटलमा २७ सेप्टेम्बर अर्थात बुधबार शर्माले अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणासभा गर्न लागेका हुन् । उम्मेद्वार घोषणासभामा अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेका छन् । उक्त कार्यक्रमप्रति विश्वका गैरआवासीय नेपालीहरुको ध्यान तानिएको र विश्वका दर्जनौ देशबाट एनआरएनए अभियन्ताहरु प्रत्यक्ष सहभागी हुन कतार पुगेका छन् ।

“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गर्न लागेका हुन् । कार्यक्रममा विभिन्न देशका एनआरएनए अभियन्ता, एनसिसीका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित भएका छन । उक्त कार्यक्रममा मध्यपूर्वमा रहेका सबै एनसिसि,अन्य संघ सँस्था र कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहनेछ ।

हालसम्म उक्त कार्यक्रममा उपस्थितिको लागी एनआरएन उपाध्यक्ष डिबि क्षेत्री,उपाध्यक्ष रोविन्द प्रसाद श्रेस्ठ,महिला उपाध्यक्ष यास्मीन वेगम,महासचिव गौरी राज जोशी,सचिव खगेन्द्र न्यौपाने,एनआरएनए सह कोषाध्यक्ष टंक गैरे,एनआरएनए अभियन्ता राजु सैयद,कल्याण श्रेष्ठ,मध्यपुर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याल,एनसिसी युएईका पूर्व अध्यक्ष रमेश श्रेष्ठ,एनसिसी युएईका अध्यक्ष बिकास साही,एनसिसी साउदीका अध्यक्ष रविना अर्याल,एनसिसी बहराईनका अध्यक्ष राजु श्रेष्ठ,एनसिसी ओमानका अध्यक्ष विकल झा,एनसिसी ईराकका अध्यक्ष विनोद श्रेष्ठ,एनसिसी कुवेतका अध्यक्ष रण लामा,अन्तरास्ट्रिय चितवन समाजका अध्यक्ष समिर केसीलगाएत एनआरएनए अभियन्ता,प्रवासमा रहेका विभिन्न संघ सँस्थाका प्रतिनिधी र पत्रकारहरु उपस्थिति भैसकेका छन् ।

कार्यक्रममा आउन नसक्ने बिश्वमा रहेका गैरआवासीय नेपालीहरु जुमबाट कार्यक्रममा जोडिन सकिने आयोजकले बताएको छ ।उक्त उम्मेदवारी कार्यक्रम आज साँझ नेपाली समय ७:४५ बजे र कतारी समय ५ बजे शुरुवात हुने निम्न जुम लिंक https://zoom.us/j/97104689068?pwd=QVRTaEN1Y0lHL3pOa2FCak5ycFJUZz09 बाट कार्यक्रममा जोडिन सकिने आयोजकले बताएको छ ।

बिश्वका प्राय सबै एनसीसीमा पुगेका संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावपछि आफ्नो जित सुनिश्चित रहेको जनाउँदै आफ्ना योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्न लागेको बताए । शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक, आइसिसी सचिव र उपाध्यक्ष भएर अत्यन्त सफल कार्यकाल सम्पन्न गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv