• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बिहिबार, असार २५, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मलाई जिताएर पहिचान र सामाजिक महत्त्वको बाटो खोलिदिनुस् : खगेन्द्र न्यौपाने

गैरआवासीय नेपाली संघ एनआरएनएको उपाध्यक्ष पदका उम्मेदवार खगेन्द्र न्यौपानेले आफूलाई जिताएर पहिचान र सामाजिक महत्त्वको बाटो खोलिदिन सम्पूर्ण एनआरएनए अभियन्ताहरूलाई आग्रह गरेका छन् । उनले आफूहरू सबै नेपाल र नेपालीको भविष्यका लागि एकता अभियानमा रहेको भन्दै आम विदेशमा रहेका श्रमिकका मुद्दा देखि लिएर नेपाल विकास र समृद्धिका लागि आवाज उठाउने पनि बताए ।

यसका साथै विगतमा राज्यसँग त्यसको हकहित , पहिचान र कार्यान्वयनको पाटोसम्म लाग्दै र कार्यान्वयन गराउँदै संस्थामा थप सक्रियता रहने गरी आफूले एनआरएनएको आसन्न निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेदवार दर्ज गराएको बताए ।


उनले भने, ‘एनआरएनए साथीहरू मैले आफ्नो उम्मेदवारी संगै सामूहिक लगानी , सुरक्षित वैदेशिक रोजगार, श्रमिकको सम्मान सहित नेपालको लागि पर्यटन विकास एनआरएनए , ऊर्जामा एनआरएनए , लगायतका पहिचान र समुन्नत नेपाल बनाउने अभिभारा र भरोसा सहित म यस पटक तपाईँहरू सम्पूर्णमा आदर भावका साथ भोट अपिल गर्न चाहन्छु मलाई जिताई एनआरएनएको पहिचान र सामाजिक महत्वको बाटो खोलिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

‘एक एनआरएनए समृद्ध र नेपालीको मनको सुन्दर एनआरएनए’ नै भएको उल्लेख गर्दै उनले भने, ‘हामी हाम्रो पेसा र कर्मले देश बाहिर छरिएर रहेका छौ तर सुन्दर सगरमाथाको पलेटीमा मुस्कुराएको मेरो र हाम्रो प्राण भन्दा प्यारो देश नेपालले सिकाएको एकता र आत्मीयताको सुन्दर संगठन हो एनआरएनए ।’


न्यौपानेले वर्षौँदेखि मलेसियालाई आफ्नो कर्मथलो बनाई प्रत्यक्ष नेपालमा समेत आफ्नो विवेकले भ्याएसम्म कर्म गर्दै आइरहेको बताए ।
वर्तमान सचिव न्यौपाने एनआरएनएभित्र इमानदार र प्रभावशाली व्यक्तित्व मानिन्छन् । यसअघि नै उनले आफ्नो एजेन्डासहित उम्मेदवारी घोषणा गरिसकेका छन ।

न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आइसिसी सदस्य, एसिया प्यासिफिक सह–संयोजक भएर संस्थामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।


न्यौपानेले मध्यपूर्व, मलेसिया, कोरिया, युरोपलगायत देशमा रहेका लाखौँ नेपालीहरूको मुद्दा उठाउन, उनीहरूको समस्याको समाधान गर्न, रेमिट्यान्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैँको नेपाली कायम राख्न लगायतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन् ।

मलेसिया र नेपालका सफल व्यवसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक, विकास हाइड्रोपावर कम्पनीका अध्यक्ष, बुढीगण्डकी हाइड्रोपावर सुपर माछाखोलाका अध्यक्ष, स्मार्ट होलीडे प्रालि र ग्रीन लाइन ट्राभल्सका अध्यक्ष, भिनोलिभा हस्पिटालिटि प्रालिका अध्यक्ष रहेका छन् ।

न्यौपानेले मध्यपूर्व कतारबाट आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी घोषणा समेत गरिसकेका छन् । एनआरएनएका उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा कार्यक्रममा कतार पुगेका सचिव न्यौपानेले मध्यपूर्व र मलेसियाका एजेन्डाहरु एउटै रहेको जनाउदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको अभियानमा निरन्तरता दिन र आफ्ना एजेन्डालाई स्थापित गराउनका लागि आरके शर्मासँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv