• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

मानव बेचबिखन नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

मानव बेचबिखन विरुद्धको १७औंँ राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “राज्यको एकल प्रयासले मात्र मानव बेचबिखन नियन्त्रण गर्न नसक्ने भएकाले सरकारलगायत सामाजिक सङ्घ संस्था, गैरसरकारी सङ्घ संस्था तथा निजी क्षेत्रलगायतको भूमिका अहम छ । यस अभियानमा सरकार पूर्ण रुपमा सक्रिय रहनुका साथै नियन्त्रणका लागि सम्बन्धित सबै निकायसँग हातेमालो गर्न प्रतिबद्ध छ ।”


मन्त्रालयले सरकारको सहयोग र समन्वयनमा पुनः स्थापना केन्द्र सञ्चालन गरी मानव बेचबिखनमा परेका पीडितलाई पुनःस्थापन गर्नका लागि मनोसामाजिक परामर्श प्रदान गर्ने, तथ्याङ्क एकीकृत गर्ने, पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, परिवारमा पुनःमिलन गराउने र राष्ट्रिय दिवसका अवसरमा यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुस्कृत तथा सम्मान गर्ने गर्दै आइएको मन्त्री आर्चायले बताए । भारतसँगको खुल्ला सिमाना, गरिबी, नागरिकको न्यून सचेतनास्तर, मानव बेचबिखनको बदलिँदो प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारीको बढ्दो प्रवृत्तिजस्ता कारणले मानव बेचबिखनका समस्या देखिए पनि अपेक्षितरूपमा समाधान हुननसकेको उनको भनाइ थियो ।

माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सम्बन्धित पक्षले जिम्मेवारी लिन नसक्नु नेपालको प्रमुख समस्या रहेको बताइन् । यस अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा उनले जोड दिइन् ।


राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले मानव बेचबिखन तथा ओसारपसारका प्रवृत्ति र तरिका फेरिएको बताइन् । “विगतमा गरिब वर्गलाई आर्थिक प्रलोभन पारी बेचबिखनको सिकारमा पारिन्थ्यो भने अहिले धनी वर्गका दिग्गज व्यक्तिलाई उत्कृष्ट रोजगारको प्रलोभनमा पारी बेचबिखन गरेको पाइएको छ” उनले भनिन्, “यस विषयमा सम्बन्धित निकायबीच समन्वय र सहकार्य नहुँदा समस्या बढ्दै गएकाले मानवीय विकासलाई ध्यानमा राख्दै जनचेतना अभिवृद्धि गराउन आवश्यक छ।”

सोही आयोगका सदस्य लीली थापाले मानव बेचबिखनको प्रमुख माध्यम नै वैदेशिक रोजगारीको क्रममा गैरकानुनी ढङ्गबाट जानु रहेको बताइन् । मानव बेचबिखन विरुद्ध यसवर्षको नारा ‘सामाजिक न्याय र आर्थिक सशक्तीकरण’ भन्ने रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv