• समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • कृषि समाचार
  • बैंक/वित्त
  • विचार/ब्लग
  • सफल किसान
  • सहकारी खबर
  • अन्तर्वार्ता
×
बुधबार, असार २४, २०८३
    • समाचार
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • कृषि समाचार
    • बैंक/वित्त
    • विचार/ब्लग
    • सफल किसान
    • सहकारी खबर
    • अन्तर्वार्ता
  • ☰

संविधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने

एउटा महत्त्वपूर्ण परिवर्तनमार्फत उत्तर कोरियाले आफ्नो संविधानमा आणविक हतियारको द्रुत विकासको नीति समावेश गरेको छ।

 

अब सो कानून बनेपछि उत्तर कोरियाको आणविक हतियारको विकासले गति लिन सक्ने देखिएको छ । उत्तर कोरियाको यो कदम यस्तो समयमा आएको हो, जब अमेरिकाले उत्तर कोरियालाई वार्ताको टेबुलमा फर्कन आग्रह गरिरहेको छ । यस वार्ताबाट उत्तर कोरियाले परमाणु हतियार कार्यक्रम नचलाउन अमेरिकाबाट आर्थिक सहयोग लिने जनाइएको थियो ।

उत्तर कोरियाली संसद ९सर्वोच्च जनसभा० को सत्रमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिका र उसका सहयोगीहरूबाट प्योङयाङले सामना गरिरहेको चुनौती र आफ्नो आणविक कार्यक्रमलाई नष्ट गर्ने मनसायलाई ध्यानमा राखेर यो कदम चालेको बताएका छन । उत्तर कोरियाली तानाशाहले भने, ‘उत्तर कोरियाको आणविक शक्ति तयार गर्ने नीतिलाई अब देशको आधारभूत कानून जस्तै स्थायी बनाइँदै छ, जसलाई कसैले उल्लंघन गर्न दिइने छैन।’

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले किम जोङ उनले आणविक हतियारको उत्पादनलाई तीव्रता दिन र आणविक स्ट्राइक क्षमतालाई विविधीकरण गर्नुका साथै विभिन्न सैन्य सेवामा तैनाथ गर्ने आवश्यकतामा जोड दिएको बताएको छ।

किम जोङ उन भर्खरै रुसको भ्रमणबाट फर्किएका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् । रुस भ्रमणका क्रममा किम जोङ उनले धेरै हतियार उत्पादन गर्ने कम्पनीको प्लान्टको भ्रमण गरेका थिए । किम जोङ उनको यो भ्रमण यस्तो समयमा भएको हो, जब अमेरिकाले युक्रेन युद्धको बीचमा उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाएको छ ।

उत्तर कोरिया र रुसबीच असैनिक आणविक कार्यक्रमका लागि प्रविधि हस्तान्तरणका विषयमा वार्ता हुन सक्ने विश्वास गरिएको छ । यस सम्झौता अन्तर्गत प्राप्त सामग्री उत्तर कोरियाले आफ्नो आणविक क्षेप्यास्त्र कार्यक्रम विस्तार गर्न प्रयोग गर्न सक्ने आशंका पनि छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor
पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य
कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

धेरै पढिएको

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

ताजा समाचार

  • १.
    Chỉ số an toàn thông tin và tiêu chuẩn kiểm định của Nhà Cái Có Giấy Phép Pagcor

  • २.
    पहाडका पाखामा हरियो क्रान्ति ः सुन्तला, स्याउ र ओखरले फेरिँदैछ ४० हजार परिवारको भविष्य

  • ३.
    कृषिमा ऐतिहासिक बजेट २०८३/८४ सार्वजनिक! ५९ अर्बभन्दा बढी बजेट—कृषिमा ठूलो क्रान्ति! अब किसानको जीवन बदलिने संकेत

  • ४.
    संविधान संशोधनमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतको कृषि तथा आर्थिक विकाससम्बन्धी अवधारणा प्रस्तुत

  • ५.
    अर्बौं सकियो, कृषि आधुनिकीकरण कागजमै ९ वर्षमा न उत्पादन बढ्यो, न रोजगारी — प्रधानमन्त्री कृषि परियोजना असफलताको दलदलमा

  • ६.
    किसानको नाममा ‘परामर्श लुट’ ! कृषिका अर्बौं बजेट कर्मचारी–परामर्शदाता गठजोडमा सकिँदै ?

हाम्रो बारेमा

राष्ट्रिय किसान टेलिभिजन नेटवर्क प्रा.लि. द्वारा संचालित
www.hamrokishantv.com

स्थायी लेखा नं.: 609569986
मुख्य कार्यालय
Balkhu, Kathmandu, Nepal

सम्पर्क नम्बर
9851333100

ईमेल
hamrokishantelevision@gmail.com

हाम्रो टीम

सम्पादक
कामराज पन्त (सुमन)

मार्केटिङ
दुर्गा श्रेष्ठ

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 HamrokishanTv | All rights Reserved.
 Website By :  HamroKishanTv